• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रदेशहरुको नेतृत्व कुन-कुन दलले गर्लान्?

64x64
ईश्वर बराल बिहीबार, मंसिर १५, २०७९  १३:४२
1140x725

काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रममा छ। मतपरिणाम सार्वजनिक हुँदै गर्दा संघ र प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ भनेर विभिन्न अनुमान तथा आकलन हुन थालेका छन्।

बुधबारसम्मको राजनीतिक समीकरण हर्ने हो भने कांग्रेस-माओवादी केन्द्र लगायतको सत्ता-गठबन्धन एकातिर र एमाले लगायतका केही दलहरुको गठबन्धन अर्कोतिर रहेको अवस्थामा उक्त समीकरणलाई हेर्ने हो भने अब प्रदेश सरकारको नेतृत्व कुन दलले गर्छ भन्ने केही अनुमान लगाउन सकिन्छ। त्यसका लागि गत साता सम्पन्न निर्वाचन परिणामको संसदीय आँकडालाई प्रस्तुत गर्न आवश्यक हुन्छ। 

संसदीय तथ्यांकलाई हेर्ने हो भने ७ प्रदेशमध्ये एमालेले नेतृत्व गर्न सक्ने प्रदेशहरुमा प्रदेश १ र मधेस छ। तर त्यसका लागि आवश्यक संसदीय जोडघटाउ गर्नुपर्ने हुन्छ। र, केही प्रदेशमा क्षेत्रीय दलहरु निर्णयक रहेका छन्। 

प्रदेश १: कसको नेतृत्वमा सरकार बन्छ, दृश्य अझै अस्पष्ट
९३ सदस्यीय प्रदेश सभा रहेको प्रदेश १ मा सरकार बनाउन ४७ सांसदको आवश्यकता पर्छ। ५६ सदस्य प्रत्यक्षबाट र ३७ सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुने यो प्रदेशमा नेकपा एमाले ठूलो दल बनेको छ। एमालेले २५ स्थानमा प्रत्यक्षबाट जित निकालेको छ भने बुधबार साँझसम्ममा ६ लाख २९ हजार ८८५ मत समानुपातिकतर्फबाट प्राप्त गरेको छ। उसले यही रुझान रहे समानुपातिकतर्फ १३ सिट पाउने देखिन्छ।

यस्तै, १५ स्थानमा प्रत्यक्षतर्फ जित निकालेको कांग्रेसले ५ लाख २९ हजार ८९६ मत समानुपातिकमा पाएको छ। यो प्रणालीबाट कांग्रेसले ९ सिटसम्म पाउन सक्छ। यद्यपि, मतगणना हुँदै गरेका सुनसरी ४ का दुवै प्रदेश सभामा कांग्रेसले अग्रता कायम गरेको छ।
 
माओवादी केन्द्रले प्रत्यक्षतर्फ ४ सिट जितेकोले समानुपातिकतर्फ पनि ४ सिट नै पाउन सक्छ। २ स्थानमा प्रत्यक्ष जित निकालेको राप्रपाले समानुपातिकतर्फ भने ४ सिट पाउन सक्छ। प्रत्यक्षतर्फ ३ स्थान जितेको एकीकृत समाजवादीले समानुपातिकमा भने १ सिट मात्र पाउन सक्छ। जसपाले पनि समानुपातिकबाट कम्तीमा १ सिट प्राप्त गर्ने मत प्राप्त गरेको छ। 

उल्लेखित सांसद संख्यालाई हेर्ने हो भने नयाँ सरकार बनाउन आवश्यक बहुमत पुर्याउन एमाले-राप्रपा र वर्तमान सत्ता-गठबन्धनलाई चुनौती देखिन्छ। प्रदेश १ मा सरकार गठनको सम्भावित दृश्यका लागि निर्वाचनको सम्पूर्ण नतिजा कुर्न आवश्यक देखिन्छ।

मधेस प्रदेशः नयाँ दल निर्णयक
यो प्रदेश सभामा कुल १०७ सांसद छन्। सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ। प्रत्यक्षतर्फ ६४ स्थानको अन्तिम नतिजा अनुसार १५ स्थानमा जितेर एमालेले ठूलो पार्टी बनेको छ। यस्तै, १३ स्थान जितेको कांग्रेस दोस्रो, ९ स्थान जितेर जसपा तेस्रो, ७ स्थान जितेर लोसपा चौथो दल बनेका छन्। जनमत पार्टीले ६ स्थानमा, माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले ४ स्थानमा जित निकालेका छन् भने ६ स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका छन्। 

यस्तै, समानुपातिकतर्फको पछिल्लो मत परिणामलाई हेर्ने हो भने, ठूलो पार्टी बनेको कांग्रेसले ९ सिट पाउने देखिन्छ। त्यस्तै, एमालेले ८, जनमतले ६, जसपाले ६, माओवादीले ८, एकीकृत समाजवादीले ६, लोसपाले २, राष्ट्रिय प्रजातन्त्र पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले १ र संघीय समाजवादी पार्टीले १ सिट पाउने देखिन्छ। 

nimb
nimb

उल्लेखित आँकडाले एमाले-जसपा र वर्तमान सत्ता-गठबन्धन कसैले पनि यो प्रदेशमा बहुमत पुर्याउने स्थिति छैन। यसका लागि स्वतन्त्र  उम्मेदवारी दिएर जितेका सांसद र यो निर्वाचनबाट उदाएको जनमत पार्टी निर्णयक देखिन्छन्। 

बागमती प्रदेश: सत्ता-गठबन्धनको बहुमत
मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बागमती प्रदेशका दोलखा बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ। दोलखाका १० स्थानमा भने आज पुनः मतदान हुँदैछ। 

बागमती प्रदेशका ११० सिटमध्ये सरकार बनाउन ५६ सिट आवश्यक आवश्यक हुन्छ। प्रत्यक्ष ६६ र समानुपातिक ४४ सिट गरी ११० सिट निश्चित गरिन्छ। बागमती प्रदेशमा यस पटक नेपाली कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले २४ सिटमा जित हात पारेको छ। दोस्रो बनेको माओवादी केन्द्रले १४ सिटमा जित हात पारेको छ। एमालेले १२ सिटमा जित हात पारेर तेस्रो दल बनेको छ। त्यस्तै, एकीकृत समाजवादी ५, राप्रपा  ७, नेमकिपा १ र स्वतन्त्रले १ सिट प्रत्यक्षतर्फ जितेका छन्।

यसमा अब समानुपातिकतर्फको सिट थप हुनेछ। समानुपातिक मतलाई हेर्ने हो भने एमाले ठूलो दल बनेको छ तर कांग्रेस र माओवादी केन्द्र क्रमश: दोसो र तेस्रो स्थानमा छन्। तर प्रत्यक्ष र समानुपातिक मतलाई योग गर्ने हो भने वर्तमान सत्ता-गठबन्धनको स्पष्ट बहुमत रहेको छ। 
 
गण्डकी प्रदेशः गठबन्धन बलियो
गण्डकी प्रदेश अन्तर्गतका ३६ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। मतगणना बाँकी स्याङ्जाका दुई निर्वाचन क्षेत्रको नतिजा कहिले आउँछ भन्ने टुंगो छैन। ३४ निर्वाचन क्षेत्रमध्ये कांग्रेसका उम्मेदवार सर्वाधिक १६ ठाउँमा निर्वाचित भएका छन्। त्यस्तै, एमाले १२, माओवादी केन्द्र ४, नेपाल समाजवादी पार्टी १ र स्वतन्त्र १ ठाउँमा निर्वाचित भइसकेका छन्।

६० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ३१ सिट चाहिन्छ। तेस्रो दल माओवादी केन्द्रको साथ लिएर कांग्रेस वा एमालेले सरकारको नेतृत्व गर्न सक्ने सहज सम्भावना छ। एमालेलाई भने थप अन्य दलको साथ लिनुपर्ने हुनसक्छ।

समानुपातिकतर्फ पनि अहिलेकै मत ट्रेन्ड कायम रहेमा कांग्रेसले ८-१० सिट पाउने आकलन गर्न सकिन्छ। त्यसो हुँदा प्रदेश सभामा २४-२६ सिट हुनेछ। यस्तै, एमालेको २२-२४, माओवादी केन्द्रको ७-८ र राप्रपाको २-३ सिट हुन सक्नेछ।

संघीय सरकारमा अहिले कायम रहेको गठबन्धन अब पनि निरन्तर रहेमा गण्डकी प्रदेशमा कांग्रेस-माओवादी केन्द्रको सरकार बन्ने सम्भावना उच्च छ। अझै, नेपाल समाजवादी पार्टी र स्वतन्त्र सांसद राजीव गुरुङ पनि यही गठबन्धनमा जोडिने सम्भावना छ।

लुम्बिनी प्रदेशः नयाँ क्षेत्रीय दलको समर्थन जुटाउनुपर्ने बाध्यता
लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक दुवैतिर एमाले नै पहिलो दल बन्ने निश्चित भएको छ। प्रत्यक्षका ५२ वटै निर्वाचन क्षेत्रको मत परिणाम आउँदा एमालेले १८ स्थानमा जितेको छ। समानुपातिकमा समेत अगाडि रहेकाले यो प्रदेशमा एमाले ठूलो दल बन्ने तय छ। 

कांग्रेसले १७ स्थानमा जित निकाल्दै दोस्रो पार्टी बनेको छ। माओवादी ६ स्थानसहित तेस्रो शक्ति बनेको छ।

लुम्बिनी प्रदेशको प्रत्यक्षको मत केलाउने हो भने सत्ता-गठबन्धन स्पष्ट बहुमतमा छैन। अहिलेकै अनुपातमा दलहरुले समानुपातिक मत ल्याउने हो भने बहुमत पुग्ने अवस्था बन्दैन। अहिले सत्ता-गठबन्धनका पाँचमध्ये कांग्रेससँग १७, माओवादीसँग ६, लोसपासँग २ सांसद गरी २५ मात्रै छन्। 

८७ जना रहने प्रदेश सभामा बहुमत पुग्न ४४ जना चाहिन्छ। बहुमत पुग्न कांग्रेस र माओवादी केन्द्रले समानुपातिकमा १९ जना ल्याउनुपर्ने हुन्छ, जुन यही अनुपातको मत परिणामले असम्भव देखिन्छ। सत्ता साझेदार दुई दल एकीकृत समाजवादी र जनमोर्चाले प्रत्यक्षमा खाता खोलेनन् भने समानुपातिकमा लोसपाले समेत यहाँ थ्रेसहोल्ड कटाउने देखिँदैन।

एमालेले सत्ता साझेदार बाहेकसँग समीकरण बनाउँदा प्रत्यक्षमा २७ जना पुग्छ। समानुपातिकतर्फ १७ सांसद जुटाउनुपर्ने हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत माओवादी केन्द्र हाराहारी नै समानुपातिक सांसद पाउने संकेत देखिन्छ। त्यस्तो अवस्थामा एमालेको सरकार बन्न सक्छ। 

जसपा र राप्रपासँग तालमेल रहेकाले  एमालेसँग सहकार्य गर्ने सम्भावना रहन्छ तर तीन जना स्वतन्त्र उम्मेदवार भएका कारण अप्ठ्यारो देखिन्छ। उनीहरु 'निर्णायक' भूमिकामा हुने सम्भावना बलियो छ। साथै राष्ट्रिय नागरिक उन्मुक्ति पार्टीले केन्द्रदेखि प्रदेशसम्म कसलाई सघाउँछ भन्ने स्पष्ट छैन। सुदूरपश्चिम र लुम्बिनीमा सत्ताको भाग पाउने हुनाले सत्ता गठबन्धनसँगै जान सक्ने सम्भावना बलियो देखिन्छ।

कर्णाली प्रदेशः गठबन्धन बलियो
कर्णालीमा प्रत्यक्षतर्फ प्रदेश सभाका २४ सिटमध्ये कांग्रेस-माओवादीले समान ९/९ सिट जितेका छन्। ५ सिट एमालेले जित्दा स्वतन्त्रले १ सिट जितेका छन्। ४० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा २१ आवश्यक पर्छ। १६ जना समानुपातिकबाट आउनेछन्। कर्णालीमा समानुपातिकतर्फ एमाले पहिलो छ।  

वर्तमान  गठबन्धन कायमै रहे सरकार बनाउन अब ३ सिट भए पुग्छ। समानुपातिकतर्फ यी दुई दलले कम्तीमा पनि ९ सिट जित्ने देखिन्छ। त्यसकारण यो प्रदेशमा सत्ता-गठबन्धनकै सरकार बन्ने देखिन्छ। 
 
सुदूरपश्चिम प्रदेशः कांग्रेस-माओवादी गठबन्धन नै काफी
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये बाजुराका दुई स्थान बाहेक प्रत्यक्षतर्फका ३२ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसका ११, माओवादीका ८, नागरिक उन्मुक्ति पार्टीका ५, एकीकृत समाजवादीका २, एमालेका ३ स्वतन्त्र उम्मेदवारका १ निर्वाचित भएका छन्।

कुल ५३ सदस्य प्रदेश सभामा, ३२ प्रत्यक्ष र २१ समानुपातिक प्रणालीबाट सांसद निर्वाचित हुन्छन्। समानुपातिकतर्फको पछिल्लो अवस्थालाई हेर्ने हो भने कांग्रेसले समानुपातिकबाट ७-८ सिट,एमालेले , एमालेले पनि ७-८ सिट पाउन सक्छ। यस्तै, माओवादी केन्द्र ३-४ सांसद र नेकपा एकीकृत समाजवादीले समानुपातिकमा १ सिट पाउने सम्भावना छ। यो प्रदेशमा सरकार बनाउन कांग्रेस र माओवादी केन्द्रको मात्रै संसद संख्याले बहुमत पुग्ने देखिन्छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
राहत, उद्धारदेखि पुनर्स्थापनासम्मका लागि सर्वदलीय समिति बनाउन रवि लामिछानेको प्रस्ताव बिहीबार, भदौ ११, २०८३
साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपछि नुवाकोटका प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सेवा सुचारु बिहीबार, भदौ ११, २०८३
भोटेकोसी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा रु. १ करोड सहयोग बिहीबार, भदौ ११, २०८३
अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्