काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७०० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४०५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।