काठमाडौं– मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरुको शपथग्रहण आज हुने छ।
आज दिउँसो नयाँ बानेश्वरमा रहेको संसद् भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले अन्य सांसदलाई शपथ खुवाउने छन्।
राणाले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा शपथ लिएका थिए। यस्तै संसद् सचिवालयले सबै सांसदहरुलाई शपथ ग्रहणका लागि निर्वाचित भएको प्रमाणापत्र लिएर आउन अनुरोध गरेको छ।
शपथ ग्रहण भएलगत्तै उनीहरुलाई संसद्को लोगो प्रदान गरिने सचिवालयले जनाएको छ। यस्तै शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ। मातृभाषामा शपथ लिन चाहनेका लागि भने ११ बजेसम्मको समय दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।