बैतडी– बैतडीको पाटन नगरपालिका ६ मा पर्ने कृष्ण माविका शिक्षकको हत्या भएको खुलासा भएको छ। शिक्षक धनबहादुर विष्टको गत पुष १ गते शुक्रबार राति छात्रावास नजिकै हत्या भएको अनुसन्धानबाट खुलेको बैतडी प्रहरीले जनाएको छ।
हत्यामा संग्लनहरूलाई बिहीबार सार्वजनिक गरिने भएको छ।
शिक्षक विष्टको पुष २ गते छात्रावास पछाडिको झाडीमा शव फेला परेको थियो। मादक पदार्थ सेवन गरी लडेर उनको मुत्यृ भएको अनुमान गरिएको थियो। तर उनका परिवारले हत्याको आशंका गरेपछि अनुसन्धान थालिएको थियो।
सुनर्या गाउँपालिका– २ स्थायी घर भएका शिक्षक विष्टको पिकनिकबाट आएपछि छात्रावासमा हत्या भएको प्रहरीको दाबी छ।
शिक्षक विष्टको न्यायका लागि ५ दिनदेखि शिक्षक, विद्यार्थी र आफन्त आन्दोलित छन् । आन्दोलित समूहले पाटन नगरपालिकाका विद्यालय, बजार र यातायात दुई दिनदेखि बन्द गराएका छन्।यस्तै, पाटन नगरपालिकाको कार्यालयतालाबन्दी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।