• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय दलको नेता भएपछि देउवाको अबको ‘रोडम्याप’ के?

64x64
नवीन झा बुधबार, पुस ६, २०७९  २०:५२
1140x725

काठमाडौं– बुधबार भएको निर्वाचनबाट कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। महामन्त्री गगन थापालाई फराकिलो मतान्तरले पराजित गरेसँगै देउवाले पार्टीसँगै संसदीय फाँटको कमाण्ड पनि आफ्नो पोल्टामा पारेका छन्। संसदीय दलको नेतामा निर्वाचित भएसँगै देउवाको छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुलेको धेरैले दाबी गरेका छन्। किनकि, मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। ठूलो दलको नेताको रूपमा देउवाको बाटो पुनः खुलेको हो।

पार्टीका दुई महामन्त्री गगन र विश्वप्रकाश शर्मासहित केही युवा नेताहरूले योपटक संसदीय दलमा देउवालाई रोक्ने प्रयास गरेका थिए, तर सफल हुन सकेनन्। योसँगै अबको आगामी राजनीतिका बारेका आकलन गर्न थालिएको छ। यस्तोमा स्वभाविकै रूपमा नयाँ संसदीय गणितीय संख्यामा सबैभन्दा ठूलो दलको नेता देउवामाथि सबैको ध्यान केन्द्रित भएको देखिन्छ। 

निर्वाचन आयोगले ४ मंसिरको प्रतिनिधि सभाको निर्वाचन परिणाम राष्ट्रपतिकहाँ यसअघि नै बुझाएको थियो। गत आइतबार राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि आव्ह्वान पनि गरिसकेकी छिन्। कुनै एउटा दलले बहुमत नल्याएका कारण राष्ट्रपतिले दिएको समयसीमा आउँदो आइतबारसम्म दुई वा सोभन्दा बढी दलले बहुमत पुर्याएर नयाँ प्रधानमन्त्री राष्ट्रपतिकहाँ सिफारिस गर्नुपर्ने छ। राष्ट्रपतिको आव्ह्वानपछि नयाँ संसद्मा प्रतिनिधित्व गर्ने दलमध्ये लगभग सबैले संसदीय दलको नेता चयन गरिसकेका छन्। माओवादी केन्द्रले बिहीबार संसद् सपथलगत्तै दलको नेता चयन गर्ने जनाएको छ। 

संसद्को सपथ नहुँदै र राष्ट्रपतिले आव्ह्वान नगर्दै नयाँ सत्ता सहयात्राका लागि दलहरू गृहकार्यमा जुटिसकेको देखिन्छन्। सता गठबन्धन र एमालेसँगै साना दलहरूको दौडधौप पनि सुरु भइसकेको छ। सत्ता गठबन्धनका नेताहरू गठबन्धनकै निरन्तरता रहने र यहीभित्रबाट नयाँ सरकार बन्ने दाबी गरेका छन्। उता एमाले गठबन्धनवाट माओवादी र एकीकृत समाजवादीलाई अलग गरेर नयाँ सत्ता समीकरण बनाउन सकिन्छ कि भन्ने ध्येयमा देखिन्छ। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बीचमा पटक–पटक गठबन्धन निरन्तरताको दाबी गरेका छन्। यस्तो अवस्थामा बुधबार मात्रै संसदीय दलको नेतामा निर्वाचित भएका कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा के गर्छन् भन्ने चासो देखिनु स्वाभाविकै हो।

अबको ‘रोडम्याप’  

कांग्रेस सभापति तथा संसदीय दलका नेता देउवाको निकट रहेर काम गरिरहेका प्रवक्ता डा प्रकाशशरण महतले संसदीय दलको निर्वाचनपछि अब आफूहरू राष्ट्रपतिले दिएको समयसीमाभित्र नयाँ प्रधानमन्त्री चयन गर्नतर्फ केन्द्रित भएको बताए। नेपाल लाइभसँग कुरा गर्दै महतले नयाँ निर्वाचनको परिणाम आइसकेको अवस्था र राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएकाले अब पहिला सरकार गठनको काम प्राथमिकतामा रहेको स्पष्ट पारे। उनले भनेअनुसार नै देउवाको अबको पहिलो प्राथमिकता छैटौंपटक प्रधानमन्त्री बन्ने देखिएको विश्लेषण गरिएको छ। 

बुधबार संसदीय दलको नेतामा चयान हुनेबित्तिकै देउवा माओवादी अध्यक्ष प्रचण्डसहित अस्पतालमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्न अस्पताल नै पुगेका थिए। यसअघि गत शनिवार र आइतबार देउवा र प्रचण्डबीचमा कुराकानी भएको थियो। प्रधानमन्त्री देउवाले शनिबार साँझ नेता नेपालसँग पनि छलफल  गरेका थिए। सत्ता समीकरणमा शक्क्तिको बाँडफाडको विषय उठाउँदै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमालेले पनि नयाँ सत्ता समीकरणका लागि प्रस्ताव गरिरहँदा देउवाले कसरी  र कस्तो सन्तुलनमा गठबन्धनलाई अगाडि बढाउलान् भन्ने चासो चौतर्फी देखिएको छ। 

नयाँ राष्ट्रपतिदेखि प्रधानमन्त्री, सभामुखसहित सातवटै प्रदेशका मुख्यमन्त्री लगायतमा गठबन्धनभित्र हुने बाँडफाँडलाई राजनीतिमा चासोपूर्वक हेरिएको छ। कांग्रेस प्रवक्ता महतले अब पहिला गठबन्धनको तर्फबाट सभापति तथा दलका नेता देउवा प्रधानमन्त्री बन्ने र बाँकी बाँडफाँड विस्तारै गर्दै जाने पक्षमा आफूहरू रहेको बताए। ‘नयाँं राष्ट्रपति फागुनमा चयन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यही भएर अहिले त्यतातर्फभन्दा राष्ट्रपतिले आव्ह्वान गरेअनुसार पहिला प्रधानमन्त्री र मन्त्रिपरिषद् गठन गर्नतर्फ अब हामी अगाडि बढ्छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

महतको भनाइ हेर्दा कांग्रेस र त्यसका सभापति देउवा ठूलो दलको हैसियतले गठबन्धनको आडमा प्रधानमन्त्री बन्ने र त्यसपछि विस्तारै शक्ति बाँडफाँडको विषयमा अगाडि बढ्न चाहेको देखिन्छ। तर, पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीले शक्ति बाँडफाँडमा जोड दिँदै आएका छन्। हुनत अहिलेको सत्ता गठबन्धनसँग मात्रै पनि नयाँ संसद्मा पूर्ण बहुमत पुगेको देखिँदैन। तर, त्यसका लागि जनमत पार्टी र लोसपासँग प्रधानमन्त्री देउवाले कुरा गरेको देखिन्छ। उनीहरूले पनि गठबन्धनको सरकारलाई सघाउने वाचा गरेको बताइएको छ। तर, कांग्रेस, माओवादी र एकीकृत समाजवादीका बीचमा शक्ति बाँडफाँड नभएको खण्डमा के हुने भन्ने प्रष्ट छैन। यद्यपि, कांग्रेसदेखि माओवादी नेताहरूसम्मले गठबन्धन नभत्किने दाबी गर्दैै आइरहेका छन्।  

राष्ट्रपतिले दिएको समयसीमा अनुसार आउँदो आइतबारसम्म गठबन्धनका सबै दलसहित जनमत पार्टी र लोसपाले समर्थन पत्रसहित दावी पेश गरेमा मात्रै देउवा प्रधानमन्त्री बन्ने अवस्था छ। यी पार्टीहरूले समर्थन पत्र नदिएको खण्डमा धारणा ७६ को ३ मा सरकार गठनको विषयले प्रवेश पाउने छ। धारा ७६ को २ अनुसार नभएको खण्डमा ३ मा जाँदा पनि पुनः आफ्नै पार्टीकै पालो आउने भएकाले कांग्रेस नेताहरू देउवा प्रधानमन्त्री हुनेमा बढी विश्वस्त देखिएका छन्। प्रधानमन्त्री नियुक्त भएको एक महिनामा बहुमत सिद्ध गर्नुपर्ने भएकाले त्यसपछि माओवादी केन्द्रसहित गठबन्धनलाई दबाबमा राख्न सकिन्छ भन्ने दाउमा देउवा भएको देख्न सकिन्छ। 

यसरी हेर्दा दलको नेतामा निवार्चित भएका देउवा जसरी पनि छैटौंपटक प्रधानमन्त्री बन्ने रणनीतिमा अघि बढिरहेका देखिन्छन्। यद्यपि, गठबन्धनसहित केही साना दलहरूको पहिले नै समर्थन पाएर आगामी आइतबार नै देउवा नयाँ प्रधानमन्त्री बन्न सक्छन्। त्यो नभए या त धारा ७६ को उपधारा ३ बमोजिम आइतबारपछि हुनसक्ने प्रक्रियाबाट उनी नै प्रधानमन्त्री बन्छन् त्यसको चित्र बुधबार साँझसम्म प्रष्ट भइसकेको छैन। तर, देउवा पुनः  प्रधानमन्त्री बन्नेमा उनीनिकट नेताहरू विश्वस्त देखिन्छन्। 

यो पनि पढ्नुहोस

 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
देउवाले कतिञ्जेल टिकाउलान् संसदीय दलमा बहुमत?

 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  २०:५२
  • #शेरबहादुर देउवा
  • #नेपाली_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्