काठमाडौं– लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले आन्दोलन स्थगित गरेको छ।
नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिबीच १२ बुँदे सहमति भएपछि समितिले आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो।
समिति पछिल्लो समय लघुवित्त संस्थाहरु नै खारेजीसम्मको माग गर्दै आक्रामम आन्दोलनमा उत्रिएको थियो। लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच भएको वार्तापछि अब आन्दोलनका कार्यक्रम स्थगित भएका छन्।
सहमति पत्रमा संघका तर्फबाट महासचिव रामबहादुर यादव र संघर्ष समितिको तर्फबाट उपाध्यक्ष एलिमा मियाले हस्ताक्षर गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।