काठमाडौं– देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि अब पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ।
कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणहरुका लागि सेयर (आईपीओ) जारी गर्नेछ। क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो। हालसम्म ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।
कम्पनीले अन्य विभिन्न स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।