काठमाडौं– एम्पायर म्यागजिनले सर्वकालीन महान अभिनेताहरूको ५० जनाको सूची जारी गरेको छ। जसमा बलिउडका एक मात्र कलाकारको नाम समावेश भएको छ।
उनी हन्, अभिनेता शाहरुख खान। एम्पायर म्यागजिनले आफ्नो फेब्रुअरी संस्करणको लागि उत्कृष्ट अभिनेताहरूलाई भोट गर्न पाठकहरूलाई आग्रह गरेको थियो। यस सूचीमा डेनजेल टम ह्यान्क्स, एन्थोनी मार्लोन ब्रान्डो, मेरिल स्ट्रिप ज्याक निकोल्सन जस्ता धेरै स्टार छन्।
म्यागजिनले शाहरुख खानको पनि धेरै प्रशंसा गरेको छ। शाहरुखको तस्बिर सेयर गर्दै लेखिएको छ, ‘शाहरुख खानको करिअर चार दशककै हिट हो। विश्वभर उनका धेरै फ्यान छन्। आफ्नो अद्भूत शैली र अभिनयका कारण उनी यो गर्न सक्षम छन् र लगभग हरेक विधामा हिट छन्। उनले गर्न नसक्ने केही छैन।’
प्रकाशनले संजय लीला भन्सालीद्वारा निर्देशित ‘देवदास’, करण जोहरको ‘माइ नेम इज खान’ र ‘कुछ कुछ होता है’ र आशुतोष गोवारिकरद्वारा निर्देशित ‘स्वदेश’लाई हाइलाइट गरेको छ।
शाहरुख खानले फिल्म ‘दीवाना’बाट आफ्नो करियर सुरु गरेका थिए। उनको पहिलो फिल्मले नै उनलाई बलिउडको ‘बादशाह’ बनाएको थियो। आफ्नो करिअरको सुरुवाती चरणमा, उनले फिल्महरूमा नकारात्मक भूमिका खेल्ने जोखिमसमेत उठाए।
उनी एक्सन फिल्म ‘पठान’मा देखिनेछन्, जुन जनवरीमा विश्वव्यापी रूपमा रिलिज हुनेछ। सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय रहेको छ। उनी थप दुई फिल्ममा पनि देखिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।