काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ७०० रुपैयाँ प्रतितोला पुगेको छ।
यसअघि मंगलबार भने सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
बुधबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।