• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगारीमा स्वास्थ्य परीक्षण: जाँदा सबै ठिक, पुगेको १५ दिनमा दुवै मिर्गौला फेल!

64x64
सुरेन्द्र बजगाईं बिहीबार, पुस ७, २०७९  १३:०१
1140x725

काठमाडौं– नवलपरासीका अब्दुल रहिम जोलाहाले नेपालमै रोजगारीका लागि निकै दौडधुप गरे। तर उनले काम पाएनन्। वैदेशिक रोजगारीमा जानैपर्ने भएपछि उनी आफ्नो साथीमार्फत काठमाडौंस्थित  जीआर म्यानपावर सर्भिस प्रालि पुगे। 

म्यानपावरले उनलाई ओमानमा ‘टेक्सटाइल फिनिसिङ मेसिन अप्रेटर’ को डिमान्ड आएको जानकारी दियो। उनी राजी भएर त्यही म्यानपावरमार्फत् ‘अल खालिज मेडिकल सेन्टर’मा स्वास्थ्य परीक्षण गराए। मेडिकल परीक्षणमा उनी ‘फिट’ देखिएपछि ओमान पुगे। 

ओमानको एसभी पिट्टी सोहर टेक्स्टाइल कम्पनीमा टेक्सटाइल फिनिसिङ मेसिन अप्रेटरको काम थियो। नेपालमा भएको म्यानपावर कम्पनीसँग सम्झौता गर्दा ओमानी रियाल मासिक १९० पाउने सम्झौता भयो। 

नेपालबाट वैदेशिक रोजगारीमा गएमा कामदारको गन्तव्य देशमा पनि स्वास्थ्य परीक्षण हुन्छ। ओमान पुगेको १५ दिनपछि उनले स्वास्थ्य परीक्षण गराए। जब स्वास्थ्य परीक्षणको रिपोर्ट सुनाइयो, उनी छाँगाबाट खसे। १५ दिनअघि सब ठिकठाक भनिएका उनको हातमा थियो, दुवै मिर्गौला फेल भएको रिपोर्ट। 

परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर ओमान पुगेका अब्दुल आफैं अन्धकार बोकेर फर्किए। यसै त उनको पारिवारिक अवस्था कमजोर, त्यसैमाथि विदेश जाँदा लागेको ऋणले निकै समस्या परेको अब्दुलका भिनाजु सम्सुल हक अन्सारी बताउँछन्।

‘नेपालमा स्वास्थ्य परीक्षण गर्दा नै उसको शरीरमा रोग लागेको छ भनेको भए उपचार गर्न लाग्थ्यौं,  त्यत्रो खर्च गरेर विदेश पठाउने नै थिएनौं नि,’ अन्सारीले भने, ‘यसै त आर्थिक अवस्था कमजोर छ त्यसमा पनि विदेश जाँदा म्यानपावरलाई नै डेढ लाख रुपैयाँ लियो। अन्य खर्च जोड्ने हो भने त अढाइ लाख खर्च भएको छ।’

आफ्नो सालोको स्वास्थ्य परीक्षण गर्दा लापरबाही गरेको भन्दै उनले आक्रोश व्यक्त गरे। अब्दुल नेपाल फर्किएपछि उनको भिनाजु सम्सुलहक म्यानपावरमा विदेश जाँदा दिएको रकम फिर्ता गर्न पटक–पटक पुगे। तर उक्त पैसा दिएन। म्यानपावरले नै उक्त स्वास्थ्य संस्थामा नै स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएको र गलत रिपोर्ट दिएको भन्दै क्षतिपूर्तिका लागि उनीहरू वैदेशिक रोजगार विभाग गुहारिरहेका छन्।

यस्तै सर्लाहीका शेख अनिस वैदेशिक रोजगारीमा युएई पुगे। नेपालमा स्विफ्ट एचआर सोलुसनमार्फत् श्रम स्वीकृति लिएर युएई पुगेका हुन्। उनले नेपालमा २०७८ कार्तिक ५ गते काठमाडौंको अलफ्रेस्को पोलिक्लिनिक सेन्टरमा स्वास्थ्य परीक्षण गराए। नेपालमा उनलाई ‘मेडिकल फिट’ भएको प्रमाणपत्र हातमा दिइएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यही बोकेर युएई पुगेका अनिसले मासिक  ८ सय दिराम तलब पाउने सम्झौता भएको थियो। उनले त्यहाँ क्लिनरको क्लिनिङ सर्भिस कम्पनीमा क्लिनर पुरुषको रूपमा गएको बताउँछन्। उनी युएईमा पुगेको ७ दिनमा मेडिकल गराउँदा छातिमा दाग (फोक्सोमा समस्या) भएको रिपोर्ट देखियो। त्यही कारण उनी नेपाल फर्कनुपर्ने भयो। 

म्यानपावरलाई डेढ लाख रुपैयाँ बुझाएर युएई पुगेका अनिस अहिले क्षतिपूर्तिका लागि वैदेशिक रोजगार विभागमा पुगेका छन्। उनी जसरी नै रियास अहमद देवान पनि वैदेशिक रोजगार विभाग धाउने मध्येका एक हुन्। 

उनी ओमेगा पावर माइन्डस्  म्यानपावरमार्फत मलेसिया गएका हुन्। उनले गत असोज ८ गते ‘अलिमा डाइगनोस्टिक सेन्टर’मा मेडिकल गराइ मेडिकल फिट भएको रिपोर्ट आएको थियो। 

तर, मलेसिया पुगेको १५ दिनमा कम्पनीले उनको स्वास्थ्य परीक्षण गर्दा ‘मेडिकल्ली अनफिट’ भएको  रिपोर्ट आयो। त्यही रिपोर्टका कारण उनी काम सुरु नै नगरी मङ्सिर ६ गते नेपाल फर्किए। 

‘मलाई म्यानपावरले मलेसिया पठाउँदा २ लाख १० हजार लिएको थियो। उसैले भनेर हामीले  अलिमा डाइगनोस्टिक सेन्टरमा स्वास्थ्य परीक्षण गराएको हो,’ उनले भने, ‘म्यानपावरले नै भनेको संस्थाबाट स्वास्थ्य परीक्षण गराउन बाध्य बनाए। त्यहाँ पुगेपछि मेडिकल अनफिट भएको देखायो।’ 

यस्तै सर्लाहीका रियास अहमद देवानले ओमेगा पावर माइण्ड म्यानपावरमार्फत श्रम स्वीकृति गराइ मलेसिया गए। उनी नेपालबाट नेपालबाट मलेसिया गत असोजको पहिलो साता उडेका थिए। उनले नेपालमा अलिमा डाइग्नोस्टिक सेन्टरमा आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए। 

उक्त परीक्षणमा उनी स्वस्थ देखिएपछि २ लाख १० हजार म्यानपावरलाई बुझाएर मलेसिया गएको बताउँछन्। फ्याक्ट्री वर्करको रूपमा त्यहाँ पुगेका देवानलाई मलेसियन रिङ्गेट १५ सय मासिक तलब हुने बताइएको थियो। 

उनी मलेसिया पुगेको १५ दिनमा कम्पनीले स्वास्थ्य परीक्षण गराउँदा मेडिकल्ली अनफिट  देखियो। त्यसपछि उनी आफन्तसँग ऋण लिएर स्वदेश फर्किए।

सर्लाहीका श्यामप्रकाश साहले काठमाडौंको अकबार मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण गराउँदा ‘मेडिकल्ली  फिट’ देखिएको थियो। उनले मलेसिया पुगेको २० दिनमा स्वास्थ्य परीक्षण गराउँदा शरीरमा रोग देखियो। तर उनलाई त्यहाँ डेढ महिना काममा लगाइयो र विनातलब नेपाल फर्काएको देवान बताउँछन्। 

यस्तै, सुनसरीका रञ्जितकुमार मेहता र गिर्जानन्द मेहता, त्यस्तै सप्तरीका रोशनकुमार यादव पनि रोजगारीका लागि मलेसिया पुगेपछि गरिएको  स्वास्थ्य परीक्षणमा फेल भए। उनीहरूले काठमाडौंको अनमोल मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण गराएर गएका हुन्। नेपालमा मेडिकल्ली फिट देखिएका उनीहरू मलेसिया पुगेको ७ दिनमा मेडिकल्ली अनफिट भएको रिपोर्ट आयो। त्यसपछि उनीहरू असोज ३१ गते नेपाल फर्किए।

वैदेशिक रोजगार विभाग भन्छ– परीक्षणमा मनोपोली छ
गत आर्थिक वर्षको अन्त्यसम्म ६ लाख ३१ हजार मानिसले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको देखिन्छ। महिनाको ७६ हजार हाराहारीमा मासिक रुपमा वैदेशिक रोजगारीमा गएको देखिए पनि चालु आवमा भने त्यो संख्या बढेको छ। 

यसरी वैदेशिक रोजगारीमा जाने श्रमिकले नेपालमा नै स्वास्थ्य परीक्षण गरेर गएको हुन्छ। तर केही श्रमिकको भने यहाँ परीक्षण गलत भएकाले फर्किनुपर्ने बाध्यता रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य बताउँछन्। 

यस्ता स्वास्थ्य  संस्थाहरु श्रम मन्त्रालयमा दर्ता भएका हुन्छ। यसको नियमित अनुगमन र मूल्याङ्कन पनि मन्त्रालयले नै गर्न पर्दछ। अहिले २ सय २२ वटा संस्थाहरुले वैदेशिक रोजगारीको लागि जाने मानिसहरूको स्वास्थ्य परीक्षण गर्ने गरेका छन्।

‘नेपालबाट वैदेशिक रोजगारीमा गएर गन्तव्य मुलुकमा स्वास्थ्य परीक्षण गर्दा फेल भएर नेपाल नै फर्कनेहरूको संख्या बढेको भन्ने बुझेको छु। खासमा नेपालमा स्वास्थ्य परीक्षण गरेर विदेश जान योग्य भनेको मान्छे फर्कनुपर्ने अवस्था सिर्जना हुन नपर्ने हो,’ आचार्यले भने ‘पछिल्लो समय मलेसियाबाट फर्कनेहरूको संख्या भने अन्य देशको तुलनामा बढी भएको देखिन्छ।’ मनोपोली सहितको बजार भएको कारण यस्तो भएको हुन सक्ने आचार्य बताउँछन्। 

दुई सय २२ वटा संस्थाहरुले स्वास्थ्य परीक्षण गर्ने भए पनि मलेसिया जानको लागि भने सीमित संस्थाहरुले मात्रै परीक्षण गर्ने गरेका छन्। वैदेशिक रोजगार विभागका एक कर्मचारीका अनुसार ३१ वटा संस्थाले मात्रै मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने गर्छन्। 

‘श्रमिकहरूले जुन संस्थाबाट पनि स्वास्थ्य परीक्षण गर्न पाउनु पर्ने हो। तर अहिले म्यानपावरहरूले नै संस्था तोक्ने गरेको छ,’ उनी भन्छन्, ‘यहाँ उजुरी गर्न आउने केही मानिसले त स्वास्थ्य परीक्षण नै नगरी पैसा लिएको र आफ्नो स्वास्थ्य परीक्षण रिपोर्ट पाएको बताएका छन्।’ यस्तो हुनुमा श्रमिकको भन्दा पनि म्यानपावर र स्वास्थ्य संस्थाकै बदमासी रहेको उनी बताउँछन्।

अहिले भएको स्वास्थ्य परीक्षणमा केही त्रुटि भएको वैदेशिक रोजगार विभागको पनि बुझाइ रहेको छ। कानुनअनुसार गन्तव्य मुलुकमा पुगेको ९० दिनभित्र सफल नभएमा ती स्वास्थ्य संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख छ। 

वैदेशिक रोजगारीमा गएर स्वास्थ्य परीक्षण गर्दा ‘फेल’ भएमा वैदेशिक रोजगार विभाग, बोर्ड वा मन्त्रालयमा उजुरी गर्न सकिने वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार बताउँछन्।

श्रम मन्त्रालयमा ती स्वास्थ्य संस्था दर्ता हुने भएकाले अनुगमन पनि सोही मन्त्रालयले नै गर्नु पर्दछ। तर, पछिल्लो समय अनुगमनको काम  भने भएको छैन। अनुगमन नभएकाले यस्तो विकृति बढेको देखिन्छ। 

कानुनअनुसार वैदेशिक रोजगारीको लागि जानको लागि गरेको स्वास्थ्य परीक्षण ९० दिनको लागि मात्रै मान्य हुन्छ। तर, कतिपय कामदारहरूले चार–पाँँच महिना अगाडि नै स्वास्थ्य परीक्षण गरेकोसमेत पाइएको विभागको अनुगमन इकाईका एक कर्मचारी बताउँछन्। अन्य प्रक्रियाको टुङ्गो लाग्नुभन्दा पहिले नै म्यानपावरले पैसाको लागि स्वास्थ्य परीक्षण गर्न लगाउने गरेको पाइएको उनले बताए। 

‘म्यानपावरहरूले आर्थिक फाइदाको लागि ४, ५ महिना अगाडि नै कामदारहरूको स्वास्थ्य परीक्षण गरेकोसमेत पाइएको छ। तर केही उजुरीको बारेमा अध्ययन गर्दा ५ महिना अगाडि स्वास्थ्य परीक्षण गरेको भए पनि विभागको अनलाइन सिस्टममा भने पछिल्लो मितिमा स्वास्थ्य परीक्षण गरेको सर्टिफिकेट अपलोड गरेको सम्म भेटिएको छ,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १३:०१
  • #वैदेशिक रोजगारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन मन्त्रालयले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष गरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायतका विभिन्न प्र... सोमबार, चैत २३, २०८२
खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य स्थगित गर... आइतबार, फागुन १७, २०८२
ताजा समाचारसबै
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्