गोरखा– विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्यका साथ एनएमबि बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पूरै डिजिटल बनाउने अभियान सुरु भएको छ।
शुक्रबार क्यूआरमार्फत् मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले उक्त अभियानको सुरुवात गरेका हुन्।
मनकामना मन्दिर परिसरमा पूजा सामग्री, फलफुल, रेस्टुरेन्ट लगायत अरु व्यवसायको भुक्तानीका साथै मन्दिरमा भेटी दानसमेत अब विद्युतीय माध्यमबाट नै गर्न सकिने भएको छ।
बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।