काठमाडौं– किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्।
दयासँग निर्माणपक्षले कागजी सम्झौता गरिसकेको छ।
यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैछन्। चलचित्रका लागि अन्य कलाकार फाइनल गरिएको छैन। प्रदीप भारद्धाजको कथा मन पराएपछि ‘२ नम्बरी’का निर्माता किरणले ‘पोई पर्यो बुढो’लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन्।
दयाले किरणसँग फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए। यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो।
सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको छायांकन चैत्रबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।