• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभाका साना दल, जो आगामी सरकारका लागि निर्णायक छन्

64x64
नवीन झा शुक्रबार, पुस १, २०७९  १९:३९
1140x725

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझायो। यससँगै अब नयाँ सरकार गठन र नयाँ संसद् बैठकको प्रक्रिया सुरु हुने छ।  

संसद् बैठक अबको ३० दिनभित्र बोलाउनु पर्ने प्रावधान भएपनि राष्ट्रिपतिले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया भने तत्कालन अघि बढाउन पाउनेछन्। जसका कारण राजनीतिक वृत्तमा नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद् गठनलाई लिएर चासो देखिएको छ। वर्तमान सत्तागठबन्धनसहित अन्य कुनै पनि दलहरूले पूर्ण बहुमत नल्याएका कारण नयाँ संसद्मा प्रवेश पाएका साना दलहरूको भूमिका ‘निर्णायक’ देखिएको छ।

सरकार गठनदेखि संसद्को अन्य भूमिकामा साना भनिएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवार्दी, जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादीलगायतका दलहरू ‘म्याजिक ठाउँ’मा देखिएका छन्। नयाँ सरकार बनाउन तम्सिएको सत्ता गठबन्धनलाई पनि केन्द्रदेखि प्रदेशसम्मको सरकार बनाउन साना दलहरूको साथ अपरिहार्य देखिएको छ भने एमालेले पनि सरकार बनाउने हो भने उसलाई पनि माओवादी र नेकपा एकीकृत समाजवादीसहित साना दलहरूको साथ अनिवार्य चाहिनेछ।

यस्तो अवस्थामा साना दलहरूले खेल्ने भूमिका बहुप्रतिक्षित देखिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा समेत आफ्नो महत्त्वपूर्ण उपस्थितिसहित उदाएको नागरिक उन्मुक्ति पार्टीलाई सत्ता सहयात्रा गराउन वर्तमान गठबन्धन लागिपरेको छ। जसका लागि रेशम चौधरहीसहित टीकापुर घटनामा दोषी ठहरिएकाहरूको मुद्दा फिर्ता लिनेगरि सरकारले अध्यादेश नै ल्याएको छ।

नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका संरक्षक रेशम जेलबाट मुक्त नभएसम्म सरकारमा सहभागी नहुने जनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अध्यादेश ल्याउन अघि सरेका हुन्। तर, अध्यादेश सोमबारदेखि राष्ट्रिपति कार्यालयमा थन्किएको छ। राष्ट्रपतिले प्रमाणीकरण नगरेसम्म अध्यादेश कार्यान्वयनमा आउने छैन। 

देउवाले जनमत, लोसपा, रास्वपालगायतसँग पनि छलफल अगाडि बढाएका छन्। जनमत र लोसपाले सत्ता गठबन्धनलाई सहयोग गर्ने वाचा दिइसकेको छ। चुनावका बेला एमालेसँगको सहकार्य गरेको जसपा र राप्रपाले सरकार गठनबारेमा औपचारिक धारणा नबनाएपनि आफूहरू प्रतिपक्षमा बस्ने बनाउँदै आएका छन्। यद्यपि, सत्ता गठबन्धनलाई प्रदेश १ मा जसपा, लुम्बिनीमा राप्रपा लगायतका दलहरूले आवश्यकता पर्न सक्ने देखिन्छ। 

केन्द्रदेखि प्रदेशसम्म सत्ता निर्माणका लागि वर्तमान गठबन्धनलाई कहीँ जसपा, कहीँ उन्मुक्ति पार्टी र कहीँ जनमत पार्टी आवश्यक पर्ने देखिन्छ। मधेश प्रदेशमा जनमत पार्टीको सहयोगबिना सत्ता गठबन्धनको प्रदेश सरकार बन्ने सक्ने अवस्थामा छैन। प्रदेश १ मा एक सिट मात्र ल्याएको जसपाले सहयोग नगरुन्जेल गठबन्धनको बहुमत पुग्दैन। लुम्बनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले सहयोग नगरे गठबन्धनलाई बहुमत पुग्दैन। 

लोसपाका मधेश प्रदेश अध्यक्ष तथा प्रदेश सांसद जितेन्द्र सोनलले आफूहरूले केन्द्रीय र मधेश प्रदेश सरकारमा सहभागी हुने, नहुनेबारे छलफल अघि बढाएको बताउँछन्। आन्तरिक र सत्ता गठबन्धनका घटकसँग छलफल चलिरहेको तर, कस्तो निष्कर्षमा पुग्ने टुंगो नलागेको सोनलले बताए। यद्यपि, आफूहरू अहिलेकै सत्ता गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

जनमत पार्टीका महासचिव तथा मधेश प्रदेशका सांसद चन्दन सिंह पनि आफूहरू सत्ता गठबन्धनसँग साकारात्मक छलफलमा रहेको बताउँछन्। जनमत पार्टीका अध्यक्ष सीके राउतले केही दिनअघि प्रधानमन्त्रीसहित गठबन्धनका सबै शीर्ष नेतासँग भेटघाट र छलफल गरिसकेका छन्।

साना दल के चाहन्छन्?
रास्वपा : 
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा २० सिट जितेको छ। प्रत्यक्षतर्फ सात सिट जितेको उसले समानुपातिकतर्फ १३ सिट पायो। चुनावअघि यसअघि प्रधानमन्त्री बनिसकेकाहरूको नेतृत्वमा बन्ने कुनै पनि सरकारमा सहभागी बताएका लामिछाने पछिल्लो समय भने सरकारमा सहभागी हुन इच्छुक देखिएका छन्। नागरिकता विवादमा मुछिएका लामिछाने त्यसलाई ‘सेफ ल्याण्डिङ’ गर्न पनि सरकारमा जान चाहेको कतिपयको आकलन छ। यो मत उनकै पार्टीभित्रका नेताहरूमा पनि छ।

तर, चुनावपछि रास्वपाले सरकारमा जाने, नजाने विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। यद्यपि, यसबीचमा लामिछानेले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासंग भेट गरेका छन्। रास्वपा सरकारमा सहभागी हुँदा वर्तमान गठबन्धनलाई अन्य साना दलको साथ नभएपनि फरक पर्दैन।

राप्रपा 
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल लाइभलाई दिएको अन्तर्वार्तामा आफूहरूको जनमत प्रतिपक्षमै बस्ने भएकाले सरकार नजाने बताए। तर, सरकार नै बन्न नसक्ने अवस्था सिर्जना भयो र आफूहरूको सहयोगले सरकार बन्ने अवस्थामा चाहिँ त्यतातर्फ सोच्न सकिने बताए। उनले हालको सत्ता गठबन्धनले जनमत, नागरिक उन्मुक्ति लगायतका दलसँग मिलदेर सरकार बनाउन कसरत गरिरहेको देखिएकाले आफूहरू प्रतिपक्षमा बस्ने संकेत गरेका हुन्। 

जसपा
निर्वाचनको परिणामलगत्तै जसपा अध्यक्ष उपेनद्र यादवले एमालेसँग निर्वाचनताका गरिएका तालेमल अब सकिएको घोषणा गरेका थिए। तर, यादवको भनाइलाई उनकै पार्टीका वरिष्ठ नेता अशोक राईले खण्डन गरे। उनले एमालेसँगको तालमेल नसकिएको सार्वजनिक गरेका छन्। यादव सप्तरीबाट प्रतिनिधि सभातर्फ पराजित भए भने राई सुनसरीबाट निर्वाचित भएका छन्। पार्टीभित्रको आन्तरिक विवादले जसपा सरकार निर्माणको खेलबाट टाढा बस्न सक्ने अवस्थामा जान सक्छ। 

जनमत पार्टी
जनमत पार्टीले केन्द्र र मधेश प्रदेश सरकार निर्माणमा वर्तमान सत्ता गठबन्धनसँग उभिने बताएको छ। जसका लागि उनले केन्द्रमा पनि केही मन्त्रालय र प्रदेशमा प्रमुख मन्त्रालयको माग गरेको छ। जनमत पार्टीका कतिपय नेताहरू मधेश प्रदेशको मुख्यमन्त्री आफूहरूलाई दिनुपर्ने मागमा छन्। तर, प्रमुख मन्त्रालय पाए प्रदेश सरकारमा सहभागी भैहाल्ने उनीहरूको संकेत छ।

नागरिक उन्मुक्ति
यो पार्टीले वर्तमान सत्ता गठबन्धन वा अन्य दलहरूले सत्ता सहकार्य गर्न चाहेमा आफूहरूको शर्त सम्बोधन गर्नु पर्ने माग अघि सारेको छ। आफ्नो पार्टीका संरक्षक रशेम चौधरीसहित आधा दर्जन नेता कार्यकर्तामाथि रहेको मुद्दा फिर्ता हुनुपर्ने र कारागारबाट मुक्त गर्नुपर्ने यो पार्टीको बटमलाइन छ।

लोसपा 
लोसपाले औपचारिक रूपमा कुनै निर्णय नगरे पनि वर्तमान सत्ता गठबन्धनलाई नै सघाउने लगभग निश्चित देखिएको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरले गत मंगलबार मात्रै प्रधानमन्त्री देउवासँग भेटेर त्यसको जनाउ दिइसकेका छन्। 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १९:३९
  • #साना दल
  • #सरकार गठन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको रास्वपाले ज... शुक्रबार, भदौ २६, २०८३
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले मधेशी जनताले आशावादी भएर जिताएको रास्वपा नेतृत्वको सरकारले... शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार अपराह्न १ बजेबाट सुरु भएको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचा... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो शुक्रबार, भदौ २६, २०८३
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना शुक्रबार, भदौ २६, २०८३
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड शुक्रबार, भदौ २६, २०८३
भोटेकोसी विपदपछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट दायर शुक्रबार, भदौ २६, २०८३
रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश गर्ने अवस्थामा शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्