• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
नयाँ सांसद

सपना सेकेन्ड लेफ्टिनेन्ट, दुर्घटनाले बनायो सांसद 

64x64
कल्पना घिमिरे आइतबार, पुस ३, २०७९  १२:४०
1140x725

काठमाडौं– लक्ष्मी घिमिरे बागमती प्रदेशको प्रदेश सभामा समानुपातिक तर्फबाट सदस्य चयन भएकी छन्। बागमती प्रदेशभित्र पनि उनी  अपाङ्गता भएकी एक्लो सांसद् हुन्। 

प्रतिनिधि तथा प्रदेश सभाका सांसदको नामावली सार्वजनिक हुँदा प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभा तर्फबाट २२० गरी जम्मा ३३० जना समानुपातकिबाट सांसद् बनेका छन्। संविधानले ‘अनिवार्य’ नगर्दा दलहरुले अपाङ्ता भएकालाई समेट्न चाहेनन्। त्यसकारण उनी अहिले निर्वाचितमध्ये एक्ली अपाङ्गता भएकी सांसद् हुन्।

यस विषयमा घिमिरेको टिप्पणी छ, ‘अहिले ठूला राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिलाई भोट बैङ्कको रुपमा मात्र प्रयोग गरिरहेका छन्।’

सपना टुटाउने दुर्घटना
२८ वर्षीया लक्ष्मीको स्थायी घर रामेछाप गोकुलगंगा गाउँपालिका–४ मा हो। उनी शेखरनाथ घिमिरे र सीतादेवि घिमिरेका ५ छोरी र एकछोरा मध्येकी सबैभन्दा कान्छी हुन्। अध्ययनको शिलशिलामा काठमाडौंको बागबजार बस्दै आएकी उनका बुवा नेपाल आर्मीका पूर्व जमदार हुन्। दाइ शिक्षण पेशामा छन्।

२०६६ सालमा एसएलसी पास भएर रामेछापमै ११ कक्षामा अध्ययनरत थिइन्। त्यही सालको असोज महिनामा भीरमा घाँस काट्ने क्रममा लडिन् र स्पाइनल कर्ड इन्जुरी (मेरुदण्डको समस्या) भयो। 

Laxmi_Ghimire_MPA_Bagmati_Raprapa_41671346406.jpg

दुई वर्षसम्म उपचारमै बित्यो। उपचार पूर्ण सफल भएन। एक वर्ष घरमै बसिन्। त्यो दुर्घटनाले उनलाई ह्विलचेयरमा मात्रै पुर्‍याएन, सानैदेखिको सेकेन्ड लेफ्टिनेन्ट बन्ने सपना समेत चुँडेर लगिदियो। 

आर्मी बुवाकी सन्तान उनले कक्षा १२ पास गरेर सेकेन्ड लेफ्टिनेन्टमा भिड्ने तयारी गरिरहेकी थिइन्। ‘मेरो बुवा आर्मीको जमदार हुनुहुन्थ्यो। मलाई पनि आर्मी मन पर्ने।  १२ कक्षा पास गर्नेबित्तिकै सेकेन्ड लेफ्टिनेन्ट बन्ने सपना थियो। मैले तयारी पनि गरिरहेकी थिएँ। तर दुर्घट्ना भएपछि त्यो पूरा हुन सकेन,’ उनी सम्झिन्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

दुर्घटनाले उनलाई डिप्रेसनमा पुर्‍यायो। छोरीको हालत देखेपछि उनका बुवाले काठमाडौं ल्याए। फेरि पढ्न प्रोत्साहित गरे। २०७० सालमा काठमाडौं आएपछि उनले पढाइलाई निरन्तरता दिइन्। जोरपाटीको चामुण्डा कलेजमा ११ कक्षामा भर्ना भइन्। ‘मलाई कम्प्युटर साइन्स पढ्ने इच्छा थियो। कलेजले कक्षा तल सार्नुपर्छ भनेर भर्ना लिन झन्झट मान्यो, त्यसपछि मैले व्यवस्थापन विषय पढेँ,’ उनले भनिन्। 

प्लस टू सकेपछि स्नातक पढ्न पद्मकन्या क्याम्पसमा भर्ना भइन्। स्नातकमा मानविकी संकायबाट राजनीतिशास्त्र र व्यवस्थापन विषयको अध्ययन गरिन्। अहिले पद्मकन्या कयाम्पसमै स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत छिन्।

रोजगारीले राजनीतिमा प्रवेश
घिमिरे स्नातक तेस्रो वर्षमा पुगेकी थिइन्। उनलाई आफ्ना लागि आफैंले कमाउने बाटो खोज्न मन लाग्यो। उनी कामको खोजीमा थिइन्। २०७४ सालमा विवेकशील पार्टी खुल्यो। उनले विवेकशीलको पार्टी कार्यलयमा रिसेप्सनमा काम पाइन्।

त्यही बाटोबाट उनी आज सांसद् बन्ने ठाउँमा आइपुगेकी हुन्। ‘खासमा म विवेकशीलमा काम गर्न गएकी थिएँ। मलाई फ्रन्ट डेस्क अफिसर भनेर राखिएको थियो,’ उनी सम्झिन्छिन्।

विस्तारै त्यही विवेकशील पार्टीको युवा संगठनमा आबद्ध भइन्। पछि विवेकशील र साझा पार्टी एकीकरण गरेर बनेको विवेकशील साझा पार्टीको युवा संगठनको केन्द्रीय सदस्यमा मनोनित भइन्। युवा संगठनमा सक्रिय भएको १ वर्षपछि विवेकशील साझाको केन्द्रीय समितिमा पुगिन्। उनलाई विभाग प्रमुखकै जिम्मेवारी दिइयो। सदस्यता व्यवस्थापन विभाग पनि हेर्नुपर्ने थियो।

Laxmi_Ghimire_MPA_Bagmati_Raprapa_11671346405.jpg

‘विवेकशीलमा आवद्ध हुँदा देशको लागि केही गर्नुपर्छ भन्ने भावना पनि बढेर गयो। अपाङ्गता भएपछि मैले यो समाजमा जति संघर्ष गर्नुपर्‍यो, जिउनका लागि अब आउने पुस्ताले त्यस्तो भोग्न नपरोस् भन्ने लाग्यो,’ उनी भन्छिन् ‘हामी अपाङ्गता भएका व्यक्तिलाई राज्यले बेवास्ता गरेको छ। यसको विरुद्धमा आवाज उठाउनुपर्छ। कसैले सहयोग गर्छ भने थोरै मात्रामा सकिन्छ, देशव्यापी रुपमा गर्न त राजनीतिमा जानैपर्छ। म अपाङ्गता भएकाहरुको आवाज उठाउन राजनीतिमा लागेकी हुँ।’ 

ह्वीलचेयर बास्केटबल खेलाडी
घिमिरे ह्विलचेयर बास्केटबलको नेसनल क्याप्टेन समेत रहीसकेकी छन्। उनले कोरियामा संयुक्त राष्ट्र संघले आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि’ मा नेपालको प्रतिनिधित्व समेत गरेकी थिइन्।

उनले देश विदेशमा बास्केटबल खेलेकी छिन्। आफ्नो टिमको नेतृत्व गरेकी छिन्। खेलाडीका रुपमा उनले समस्या बुझेकी छिन्। संसद्‌मा उनले ती समस्या समेत उठाउने बताइन्। 

‘एउटा खेलाडीलाई राज्यले राम्रो सेवासुविधा पनि दिएको छैन। राज्यले जुन रुपमा चासो लिनुपर्ने हो, अपाङ्गता भएका खेलाडीलाई त झन् जहिल्यै बेवास्ता गर्छ। खेलकुदलाई पनि कसरी प्राथमिकतामा राख्न सकिन्छ भन्ने त्यो कुरामा पनि म आवाज उठाउने छु,’ उनले भनिन्।

मिश्रसँगै राप्रपा प्रवेश
रवीन्द्र मिश्र गत असोज १२ गते विवेकशील साझा छाडेर राप्रपामा प्रवेश गरे। त्यही दिन उनी पनि राप्रपामा प्रवेश गरेकी हुन्। विवेकशील साझामा उनी केन्द्रीय सदस्य थिइन्।

Laxmi_Ghimire_MPA_Bagmati_Raprapa_21671346406.jpg

‘के गर्ने भन्ने त योजना थिएन तर पनि मलाई राजनीतिमा रुचि थियो। मेरो पारिवारिक पृष्ठभूमिमा पनि खासै राजनीति थिएन। तर मेरो वुबा २०५४ सालमा वडाध्यक्षमा राप्रपाबाट उठ्नु भएको थियो। तर जित्नु भएन,’ उनले भनिन्।

उनी हाल राप्रपाबाट बागमती प्रदेश सभाको सदस्य चुनिएकी छन्। प्रदेश सभा सदस्यको रुपमा विशेषगरी अपाङ्गताको विषयमा विभिन्न नीति निर्माणमा लागिपर्ने बताउँछिन् उनी।

‘सुरुमा त म संसद् भवन अपाङ्गमैत्री छ कि छैन, त्यो हेर्छु,’ उनले भनिन्। उनको पार्टीको अजेन्डा प्रदेश सभा खारेज हो। त्यसका लागि पनि सक्रिय हुने बताउँछिन्। उनी भन्छिन्, ‘नेपालको संघीयतामा प्रदेश सरकार नभए पनि हुन्छ। प्रदेश सरकारका लागि खर्च हुने रकम त देश विकासमा प्रयोग गर्दा हुन्थ्यो बरु।’

नेपालमा अपाङ्गता भएका व्यक्तिलाई जिउन सहज छैन। अपाङ्गता भएका व्यक्तिलाई राज्यले गुणस्तरीय स्वास्थ्य सेवामा प्राथमिकता  दिनुपर्ने उनको धारणा छ।  शिक्षा क्षेत्र पनि अपाङ्गमैत्री नभएको उनले महसुस गरेकी छिन्। ‘सरकारी कलेजहरुमा गुणस्तरीय शिक्षा छैन। प्राइभेटमा यो अपाङ्गतामैत्री बनाउनु हाम्रो जिम्मेवारी नै होइन जस्तो गर्छन्। अपाङ्गता भएका कारण मैले चाहेको विषय पढ्न पाइनँ,’ उनले आफ्नो अनुभव सुनाइन्।

नेपालको यातयात व्यवस्था पनि अपाङ्गमैत्री नभएको उनले बताइन्। ‘अहिले चल्ने बसमा हामी कसरी यात्रा गर्ने?’ उनको प्रश्न छ,  ‘सशक्त व्यक्ति त त्यो बसमा कति सकसपूर्ण यात्रा गरिरहेका छन्।’ उनी नेपालको यातायात, शिक्षा, स्वास्थ्य  र रोजगारी क्षेत्र पनि अपाङ्गतामैत्री नहुनु नेपालको प्रमुख समस्या भएको बताउँछिन्। 

Laxmi_Ghimire_MPA_Bagmati_Raprapa_31671346406.jpg

‘म पो अलि हुनेखाने परिवारमा जन्मिएकी थिएँ र यहाँ आइपुगेँ। दुर्गम क्षेत्रका अपाङ्गहरु एउटा ह्विलचेयर नपाएर, एउटा वैशाखी नपाएर ओछ्यानमै थला परिरहेका छन्। म अपाङ्गताको समस्या समाधान गर्नका लागि राजनीतिमा लागेकी छु। मैले संसद्‌मा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको आवाज उठाउँछु,’ उनले भनिन्।

उनले अब राजनीतिलाई निरन्तरता दिने अठोट लिएकी छिन्। प्रदेश सभामा खासै आवाज उठाउन नपाए पनि आफ्नो राजनीतिक माहोल बनाउने र अर्को ५ वर्षपछि प्रतिनिधि सभामा आउने योजना रहेको उनी बताउँछिन्।

‘हामी अपाङ्गता भएका व्यक्तिलाई राजनीतिमा आउन निकै संघर्ष गर्नुपर्ने हुन्छ। हामीले मतदातालाई विश्वास दिलाउन गाह्रो छ। समाजको सोचाइ पनि त्यस्तै छ,’ उनी भन्छिन्, ‘अपाङ्गता भएका व्यक्तिलाई सहारा नै चाहिन्छ भन्ने होइन। हामी पनि  संघर्ष गरेर आत्मनिर्भर हुन सक्छौं। आत्मनिर्भर भएका छौं, तर सोचाइ परिवर्तन गर्न निकै समय लाग्छ। त्यसकारण हामीलाई प्रत्यक्ष लडेर राजनीतिमा आउन कठिन छ।’

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्