• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

दिलिप महतो हत्या प्रकरण: थप व्यक्तिको बकपत्र गराउने जिल्ला अदालतको आदेशसँगै लम्बियो फैसला 

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २९, २०७९  १७:२०
1140x725
मृतक दिलिप महतो (फाइल तस्बिर)

काठमाडौं– धनुषाका  दिलिप महतोको हत्या प्रकरणको मुद्दामा ३ वर्षपछि सुरु भएको सुनुवाइअन्तर्गत धनुषा जिल्ला अदालतले थप केही व्यक्तिहरुको बकपत्र गराउने आदेश गरेको छ। धनुषा जिल्ला अदालतले केही प्रहरी र घटनाको समयमा घटना विवरणको कागजमा सही गरेका १ व्यक्तिको बकपत्र गराउने आदेश गरेको हो। 

न्यायाधीश भिष्मराज प्रसाईको एकल इजालसले कृष्णकुमार महतोको नाममा म्याद जारी गरि बकपत्र गराउन भनेको छ। त्यस्तै २०७६ मंसिर २५ गते खानतलासीपछि बरामदी मुचुल्का गरी प्रतिवेदन पेस गर्ने प्रहरी नायव निरीक्षक (सई) रामनरेश यादव, प्रहरी सहायक निरीक्षक (असई) राकुमार भण्डारी र प्रहरी हवल्दार कुलानन्दलाई उपस्थित गराइ बकपत्र गराउने आदेश गरेको छ। 

तीन वर्षपछि सुनुवाइ सुरु हुँदा मुद्दा फैसलाको चरणामा जाने अपेक्षा गरिएको थियो। बुधबारबाट सुरु भएको सुनुवाइमा बिहीबार न्यायाधीशले यस्तो आदेश गरेका हुन्। 

जिल्ला अदालतको यो आदेशपछि मुद्दाको फैसला हुने अवधि थप लम्बिने भएको छ।  अदालतले आदेश गरेका व्यक्तिहरुको बकपत्रपछि मात्र फैसलाका लागि पेसी तोकिने छ। 

स्थानीय औरही खोला उत्खनन् रोक्न गएका दिलीपको २०७६ पुस २२ गते निर्ममतापूर्वक हत्या गरिएको थियो। क्रसर व्यवसायीले उनलाई चरम यातना दिएर कुटपिट गरी बेहोस बनाएपछि टिप्परले टाउको कुल्चिएर बिभत्स हत्या गरेको विषय प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त हत्यामा संलग्नमाथि जन्मकैदको सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले ७ जनाविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो।  दिलिपका बुवा रामजनम महतोले दिएको जाहेरीपछि प्रहरीले क्रसर उद्योगीदेखि टिप्पर चालकसम्म नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। 

जाहेरीमा क्रसर उद्योगी विपिनकुमार महतो र विनोद महतो, टिप्पर चालक मुनीन्द्र महतो, टिप्परका सहचालक जितेन्द्र महतो (सत्यनारायण), लोडर चालक जितेन्द्रकुमार महतो, क्रसरका हेड मिस्त्री शत्रुघन महतो र खोलामा सँगै गएका दिलीपका साथी रोशनकुमार यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम आजीवन कैद सजायको माग गरिएको थियो। उक्त घटनामा ६ जना तत्कालै पक्राउ परेका थिए। 

जिल्ला अदालतले थुनछेक वहसपछि क्रसर सञ्चालकसहित केहीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनीन्द्र र जितेन्द्रकुमारलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। रोशन, सत्यनारायण र शत्रुघनलाई धरौटीमा छाडेको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका विनोदलाई २०७७ असोज २६ मा साधारण तारेखमा छोड्ने आदेश गरेको थियो।  थुनछेक बहसपछि लामो समयसम्म उक्त मुद्दा पेसीमा चढ्ने, तर सुनुवाइ नहुने हुँदै आएको थियो। प्रतिवादीका एकपछि अर्को कानुन व्यवसायीले मुद्दा सार्ने निवेदन दिँदै सार्दै आएका थिए। 

केही दिन अघि मात्र जिल्ला अदालतले उक्त मुद्दाको पेसी अब सार्न नपाइने आदेश नै गर्नुपरेको थियो। त्यसपछि मात्र उक्त मुद्दामा अन्तिम सुनुवाइ बुधबारबाट सुरु भएको थियो। तर अन्तिममा न्यायाधीशले उक्त घटनाका क्रममा प्रमाणहरु अप्रयाप्त देखिएको भन्दै उनीहरुको बयान लिनुपर्ने आदेश गरेका हुन्।

यो पनि पढ्नुहोस

दिलिप हत्या प्रकरण : तीन वर्षदेखि न्याय खोज्दै महतो परिवार

 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्