काठमाडौं– शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ अवार्ड प्राप्त गरेको छ। न्यू बिजनेश एज प्रालिको ७औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित न्यु बिजनेश कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा शिवम् सिमेन्टलाई बेस्ट म्यनेज्ड कम्पनी अफ द एयर अवार्ड प्रदान गरिएको हो।
उक्त कार्यक्रममा विभिन्न फरक–फरक ७ वटा संस्थागत विधामा दिइएको अवार्डहरुमध्ये शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ अवार्ड प्राप्त गरेको हो। यसभन्दा पहिला पनि शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड-२०१९ बाट सम्मानित भइसकेको छ। ५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रि वितरण गर्दै आइरहेको शिवम् ओपीसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत विगत लामो समयदेखि महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ।
जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शीता, ६० हजारभन्दा बढी सेयरहोल्डर एवंम् कुशल व्यवस्थापक तथा व्यवस्थापन आफूहरुको सवल पक्ष रहेको कम्पनीको दाबी छ। जसकारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुँदै आईरहेको कम्पनीले जनाएको छ।
हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको कम्पनीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।