काठमाडौं– हिउँद लागेसँगै देशभर चिसो बढिरहेको छ। यसैको समाधानका लागि हिमस्टारले नयाँ हिटर बजारमा ल्याएको छ।
विगत ३४ वर्षदेखि आफ्नो प्रभाव बजारमा जमाउन सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्षजस्तै यस वर्ष पनि हिटरहरु बजारमा ल्याएको हो।
विद्युतीय हिटरहरु प्रयोगका लागि सजिलो र छरितो भएको कम्पनीले बताएका छ। गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएकाले तुरुन्तै तात्ने र दुई वा सोभन्दा बढी पावर सेट पनि गर्न सकिने बताइएको छ।
यस्ता हिटरको मूल्य २ हजार ३९० रुपैयाँदेखि ४ हजार ४० रुपैयाँसम्म पर्ने बताएको छ। विगत लामो समयदेखि विश्वसनिय कम्पनीका रुपमा स्थापित हिम इलेक्ट्रोनिक्सले उत्पादनदेखि बिक्रीपछिको सेवासम्म निरन्तर सवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।