काठमाडौं– निर्देशक तथा कलाकार प्रभाकर देव शर्माले नयाँ पारिवारिक हाँस्य टेलि श्रृंखला ‘आम्मै’ ल्याएर आएका छन्।
हिल्स होम थिएटर र विकास राज जोशीको प्रस्तुति रहेको टेली श्रृंखला ‘आम्मै’ प्रत्येक सोमबार बेलुकी ८:३० बजे ईमेज च्यानल र ९ बजे ओयसआर मुभिजबाट प्रसारण हुनेछ। टेलिश्रङ्खलाको सोमबार (मंसिर २६ गते)देखि प्रसारण सुरु भएको छ।
साँस्कृतिक सँस्थान (राष्ट्रिय नाचघर) मा कार्यक्रम तथा योजना शाखा प्रमुखका रूपमा कार्यरत शर्मा टेली श्रृंखला निर्देशनमा पनि सक्रिय छन्। उनले ‘लौ मार्यो’, ‘घात प्रतिघात’, ‘जीवनचक्र’, ‘लौन भुतुक्कै पार्यो’, ‘अपराधी को?’, ‘आमा’, ‘मेमसाब’, ‘थोरै भए पुगिसरी’ लगायत टेली श्रृंखलाहरु निर्देशन गरिसकेका छन्, त्यतिबेला दर्शकहरु माझ निकै नै लोकप्रिय थिए।
‘धेरैपछि नयाँ हास्ँय पारिवारिक टेलिसिरियल ‘आम्मै’ लिएर दर्शकमाझ उपस्थित भइरहेको छु र निकै नै आशावादी पनि छु, दर्शक महानुभावहरुले बिगतका काम झैं यस सिरियललाई पनि धेरै माया दिनुहुनेछन्,’ निर्देशक शर्मा भन्छन्।
टेलिसिरियल ‘आम्मै’मा कलाकारहरु प्रभाकर देव शर्मा, धनराम मुस्कान, नवराज भण्डारी, राजन थापा, पुष्पराज अवस्थी, अनामिका लामिछाने, सेबिता अधिकारी, संगम राई, आशिका बस्नेत, लक्ष्मण भण्डारी लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ भने यसको लेखन राजन थापाले गरेका छन्।
त्यसैगरी मदन महर्जनको छायांकन, ओम प्रकाश अवस्थी (ईश्वर) को सम्पादन, बिपिन घिमिरे र शिला बिष्टको स्वर, गोबिन्द दुलालको व्यवस्थापन रहेको सिरियल आम्मैको मुख्य सहायक निर्देशन भने पुष्पराज अवस्थीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।