काठमाडौं– अनलाईन बजार दराजले २६ मंसिरदेखि ‘ग्राण्ड इयर एन्ड सेल दराज १२.१२’ सञ्चालनमा ल्याउने भएको छ। सेल दराज ११.११ को व्यापक सफलतापछि कम्पनीले वर्षको अन्तिम अभियान ‘दराज १२.१२’ घोषणा गरेको हो।
यो ग्राण्ड इयर एन्ड सेल देशभरका ग्राहकहरूले आफूलाई मनपर्ने उत्पादनहरू खरिद गर्दा छुट र अफरहरू प्राप्त गर्न सक्नेछन्। १२.१२ एक बिक्री-सञ्चालित अभियान मात्र नभइ देशभरका ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीको लागि धन्यवाद दिने दराजको तरिका भएको कम्पनीको दाबी छ।
अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, ७ हजार रुपैयाँसम्मको मेगा भौचर, १२१२ सम्मको प्रिपेमेन्ट छुट, २.७ लाख रुपैयाँको ग्राण्ड एमआई ह्याम्पर गिभवे समावेश रहेको कम्पनीले बताएको छ।
बैंक र प्रिपेमेन्ट छुटअन्तर्गत ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्डमार्फत् १२ प्रतिशत (अधिकतम १२१२ रुपैयाँ) र डेबिट कार्डमार्फत् १० प्रतिशत (अधिकतम १ हजार रुपैयाँ) सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
एभरेस्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक र कामना सेवा बैंकका ग्राहकहरूले माथि उल्लेखित छुटहरू प्राप्त गर्न सक्नेछन्। त्यस्तै, ग्राहकले आफ्नो आईएमई वालेटमार्फत् भुक्तानी गरेमा १२ प्रतिशत, अधिकतम ३३३ रुपैयाँको थप छुट पाउनेछन्।
राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा छुट
दराज १२.१२ मा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादनमा विशेष डिल र छुटहरू उपलब्ध हुने पनि कम्पनीले जनाएको छ। ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन्।
अभियानका लागि डायमण्ड पार्ट्नर्समा बाल्ट्रा, वाओ, स्काईवर्थ र प्यानसनिक छन् भने गोल्ड पार्ट्नर्सहरूमा मामाअर्थ, फ्याँकैरा र जिन्सवेस्ट छन्।
कम्पनीका अनुसार दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै १२.१२ मा पनि धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ। जहाँ ग्राहकहरूले मात्र १ रुपैयाँमा हजारौं मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउँछन्।
ग्राहकहरूले केवल १ रुपैयाँमा स्काईवर्थ वासिङ मेसिन, हुण्डाई नन-डिजिटल वाटर हिटर, रेडमी ए–१ र बोन हलिडेज ३ दिनको पोखरा टुरका लागि पुरस्कारहरु प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।