काठमाडौं– श्रीलंका र अष्ट्रेलियाका राजदूतलाई गैरआवासीय राजदूतको समेत जिम्मेवारी दिइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीलंकाका राजदूत वासुदेव मिश्रलाई माल्दिभ्स र अष्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई राष्ट्रपतिले गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।