काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा स्थानीय तहको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको र नयाँ जनप्रतिनिधिहरुले कार्यभार सम्हाल्न थालेकाले मुलुकमा उत्तरदायी लोकतन्त्रको अभ्यासलाई थप सबलीकरण गरेको बताएका छन्।
'अबको हाम्रो प्राथमिकता संघीयता र लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेको स्थानीय सरकारको सबलीकरण गरी नागरिकमा सुशासन विकासको अनुभूति गराउने हुनुपर्छ', आइतबार गाउँपालिका महासंघको अधिवेशनमा सम्बोधन गर्दै उनले भने।
प्रधानमन्त्री देउवाले संविधानको साझा अधिकारको रुपमा रहेको केही द्विविधाहरुलाई थप स्पष्ट गर्दै संघीयताको सफल कार्यान्वयनका लागि अघि बढ्न एक जुट हुनुपर्ने आवश्यकता रहेको बताए। उनले कानुन निर्माणका लागि संघीय सरकारले तदारुकता देखाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।