धनगढी– कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर-८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो।
चौधरीले चलाएको से.७प ७७९३ नम्बरको मोटरसाइकल सोही दिशातर्फ रोकेको सुपप्र ०१-००२ त ६४६४ नम्बरको ट्रयाक्टरसँग ठोकिएको हो। चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
ट्रयाक्टर र चालक कैलालीको भजनी नगरपालिका-३ बस्ने ३४ वर्षीय कलम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।