काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सो कुरा प्रष्ट्याएका हुन्।
उनले निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गरेपछि दलहरुले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुने उल्लेख गर्दै त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुने बताए।
दाहाल आफैं सत्तारुढ दलको तर्फबाट सरकारको नेतृत्वको लागि इच्छुक छन्। सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवा नयाँ सरकारको नेतृत्वको स्वभाविक दाबेदार छन्।
कांग्रेसभित्र सरकारको नेतृत्व लिनका लागि महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्नका लागि राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।