काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आफ्नो टोली कठिन जित निकाल्दै कतारमा जारी विश्वकप फुटबलको सेमिफाइलमा पुगेपछि सामाजिक सञ्जालहरूमा भावुक प्रतिक्रिया दिएका छन्।
नेदरल्याण्ड्सविरुद्ध अर्जेन्टिना दुई गोलको अग्रता दिँदै जितको नजिक थियो। तर, नेदरल्याण्ड्सले पुनरागमन गरेपछि खेल पेनाल्टीमा गयो र अर्जेन्टिनाले कठिन जित निकाल्यो। यसप्रति संकेत गर्दै मेसीले एक पटक फेरि सँगै र पिचमा कसरी पीडा भोग्नु पर्छ भनेर जानेका बताएका छन्।
‘कठिन जितका लागि सम्पूर्ण टोलीले जसरी लड्यो, यो प्रभावशाली थियो। दुई गोलले अघि बढेको अवस्थामा फेरि बराबरी भएर पेनाल्टीसम्म पुग्दा मैदानमा हामीले कसरी सँगै पीडा भोग्नु पर्छ भनेर जान्यौं। यसैले त हामी अहिले विश्वकै शीर्ष चारमध्ये छौँ’, उनले फेसबुकमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।