• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मार्टिनेजले २ पेनाल्टी राेकेपछि अर्जेन्टिना छैटाै‌‌ पल्ट विश्वकपकाे सेमिफाइनलमा, क्राेएसियासँग भिड्ने

64x64
नेपाल लाइभ शनिबार, मंसिर २४, २०७९  ०३:३२
1140x725

काठमाडौं–  अर्जेन्टिनी गाेलकिपर इमिलियानाे मार्टिनेजले डच टाेलीकाे दुई पेनाल्टी राेकेपछि दक्षिण अमेरिकी राष्ट्रले ८ वर्षअघिकाे पुरानाे नतिजालाई दाेहर्याउँदै विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।

निर्धारित समयकाे खेल २–२ गाेलकाे बराबरीमा राेकिएपछि दुवैतर्फबाट थप गरिएकाे अतिरिक्त समयमा पनि कुनै नतिजा निस्किएन। पेनाल्टीमा अर्जेन्टिना ४–३ गाेलले  विजयी हुँदै छैटाैं पल्ट विश्वकपकाे सेमिफाइनल प्रवेश गर्याे।

सन् २०१४ काे विश्वकपकाे सेमिफाइनलमा पनि नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरेकाे थियाे। 

अर्जेन्टिनाका लागि लाउटाराे मार्टिनेजले पाँचाै तथा विजयी पेनाल्टी गाेल हानेका थिए। 

मार्टिनेजले डच कप्तान भान डायक र स्टिभन बर्गहजकाे सुरुवातकाे दुई पेनाल्टी राेकेर अर्जेन्टिनालाई बलियाे अवस्थामा पर्याएका थिए। अर्जेन्टिनाबाट एक मात्र पेनाल्टी इन्जाे फर्नान्डेजले मिस गरे। उनले पाेलभन्दा बाहिर पेनाल्टी हानेका थिए। 

नेदरल्याण्ड्सका लागि टेउन कप्मेर्न्स, वाउट वेगहर्स्ट र लुक डे जङले पछिल्लाे तीन वटा गाेल लगातार हानेका थिए। इन्जाेले चाैथाे पेनाल्टी मिस गरेकाे अवस्थामा अर्जेन्टिना पनि दबाबमा थियाे। तर मार्टिनेजले अन्तिम पेनाल्टीमा गाेल गर्दै आफ्नाे देशलाई सेमिफाइनलकाे बाटाे देखाए। 

निर्धारित ९० मिनेटकाे खेल निकै नाटकीय रह्याे। अर्जेन्टिनाले ७३ मिनेटमा बनाएकाे २ गाेलकाे अग्रतालाई डच टाेलीले २७ मिनेटमा फर्कायाे। दाेस्राे हाफमा दुवै टाेलीले फिजिकल खेल खेल्दा रेफ्रिले १५ वटा पहेँलाे कार्ड देखाउनु परेकाे थियाे। 

अर्जेन्टिनाले डिफेन्डर नावेल माेलिनाकाे गाेलमा ३५ मिनेटमा अग्रता लियाे। लिओनल मेसीले टाइट एङ्गलबाट डिबक्समा निकालेकाे थ्रु पासमा माेलिनाले विश्वकपकाे पहिलाे गाेल गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्जेन्टिनाका लागि दाेस्राे गाेल मेसीले नै गरे। अकुनालाई डिबक्सभित्र डच डिफेन्डरले लडाएपछि प्राप्त पेनाल्टीकाे अवसरलाई मेसीले ७३ मिनेटमा गाेल गर्दै अग्रतालाई दाेहाेराे बनाएका थिए। 

पहिलाे हाफमा अर्जेन्टिनी गाेल पाेस्टमा एउटा पनि आक्रमण बुन्न नसकेकाे नेदरल्याण्ड्सले दाेस्राे हाफमा ४ खेलाडी परिवर्तन गर्याे र खेलकाे अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्याे। 

अतिरिक्त खेलाडीकाे रुपमा मैदान प्रवेश गरेका वाउट वेगहर्स्टले दुवै गाेल फर्काए। माम्फेज डिपेइको स्थानमा ७८ मिनेटमा प्रवेश गरेका वाउटले पाँच मिनेटभित्रै पहिलो गोल गरेका थिए। 

उनले ८३ मिनेटमा स्टेभन बर्गहजको पासमा हेडिङ गोल गरेका थिए। बर्गहज पनि दोस्रो हाफपछि मैदानमा प्रवेश गरेका थिए। निर्धारित ९० मिनेटको खेल सकिएर थप गरिएको ११ मिनेटमा प्राप्त फ्रिकको अवसरलाई पनि नेदरल्याण्ड्सले सदुपयोग गर्याे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

टेउन कप्मेर्न्सले डिबक्स नजिकैबाट हानेको फ्रिककमा डिबक्सभित्र रहेका वाउटले दोस्रो गोल गरे। निर्धारित समयकाे खेल बराबरी भएपछि अतिरिक्त समयकाे अन्त्यतिर अर्जेन्टिनाले गाेलकाे ३–४ वटा अवसर गुमाएकाे थियाे। 

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लिओनल मेसीले फेरि अर्काे गाेल गरे। उनी पहिलाे पेनाल्टी हान्न आएका थिए। दाेस्राे गाेल लियान्द्राे पार्देसले गरे। तेस्राे गाेल गाेन्जालाे माेन्टियलले गरेका थिए। अर्जेन्टिनाले पाँच मध्ये ४ वटालाई गाेलमा परिणत गरेकाे थियाे। 

अर्जेन्टिना पहिलाे दक्षिण अमेरिकी राष्ट्रकाे रुपमा कतार विश्वकपकाे सेमिफाइनल प्रवेश गरेकाे हाे। यसअघि पाँच पल्टकाे च्याम्पिनय ब्राजिल पेनाल्टी सुटआउटमै क्राएसियासँग पराजित भएर बाहिरिएकाे थियाे। अब अर्जेन्टिनाकाे सेमिफाइनल भिडन्त क्राेएसियासँग हुनेछ। 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्