काठमाडौं– फिफा विश्वकप २०२२ को लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारहरुमध्ये कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासी कामदारहरुलाई कोका–कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा विश्वकप हेर्ने अवसर प्रदान गरेको छ।
आफ्नो परिवारको सुख र खुशीको लागि अवसरको खोजीमा विदेशीएका नेपालीहरुको निःस्वार्थपन र अथक प्रयासको सम्मान स्वरुप उक्त पहल लिएको कम्पनीले जनाएको छ।
फुटबल हेर्न रुचाउने भएकोले यसरी रंगशालामै बसेर प्रत्यक्ष रुपमा विश्वकप हेर्न पाउनु आफूहरुको लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसको लागि कोका–कोलाप्रति आभारी रहेको उनीहरुले बताएका छन्।
सो अवसरमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपको लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरुको लागि केही गर्न चाहन्थ्यौं। वहाँहरुको कडा परिश्रम र त्याग साँच्चै प्रेरणादायी छ र हामी वहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं । वहाँहरुले प्रत्यक्ष खेलको रमाइलो अनुभव लिनुभयो होला भन्ने हामी आशा गर्दछौं।’
यस कम्पनीले यो भन्दा अगाडि पनि आफ्नो दसैं क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारहरुलाई कतार-नेपाल दुईतर्फी हवाइ टिकटको व्यवस्था गरिदिएको थियो जसले गर्दा उनीहरुले निकै लामो समयको अन्तरालपछि आफ्नो परिवारसँग बसेर दसैं तिहार मनाउने अवसर पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।