काठमाडौं– कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलअन्तर्गत आज राति दोस्रो खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमनेसामने हुँदैछन्।
स्रोतका अनुसार नेदरल्याण्ड्समा खेलाडी घाइते हुने समस्या छैन। यसर्थ, मुख्य प्रशिक्षक लोइस भान हालले प्रि–क्वार्टरफाइनलमा अमेरिकाविरुद्ध नै उत्रिएको टोली अर्जेन्टिनाविरुद्ध पनि उतार्ने सम्भावना रहको छ।
यता, अर्जेन्टिनामा भने प्रमुख खेलाडीहरू एंगेल डी मारिया र रोड्रिगो डे पउलले खेल्नेमा शंका छन्। उनीहरू दुवै पूर्ण तन्दुरुस्त नभएको बताइएको छ।
अष्ट्रेलियाविरुद्धको अन्तिम १६ को खेलमा पनि डी मारियाले खेलेनन्। उनको ठाउँमा पपु गोमेजले सुरुवात गरेका थिए। आज पनि त्यही सम्भावना रहेको बताइएको छ।
डे पाउलले नखेलेका लेसान्ड्रो परेडेस वा ग्विडो राड्रिग्वेजमध्ये एउटाले खेल्ने सम्भावना रहेको बताइएको छ।
Possible Netherlands XI vs Argentina:
Noppert; Timber, Van Dijk, Ake; Dumfries, De Roon, De Jong, Blind; Klaassen; Gakpo, Depay.
Possible Argentina XI vs Netherlands:
Martínez; Molina, Romero, Otamendi, Acuña; De Paul, Fernández, Mac Allister; Messi; Di María, Álvarez.
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।