काठमाडौं– कतारमा जारी विश्वकप फुटबलअन्तर्गत आज मध्यराति क्रोएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुँदैछ।
क्रोएसिया र ब्राजिलले एक–अर्काविरुद्ध उतार्ने सम्भावित सुरुवाती ११ मा को–को होलान्? यो अहिले सबैको चासोको विषय हो। ब्राजिलको तुलनामा क्रिएसियाली टोलीका केही परिवर्तन हुने देखिन्छ।
जोसिप जुरानोभिकले क्रोएसियाको राइट ब्याकमा निरन्तरता दिने सम्भावना छ। उनले घाइते जोसिप स्टानिसिचको स्थान लिएका हुन्। बोर्ना सोसा बिरामी भएकाले जापान विरुद्धको खेल गुमाएका थिए।
उनी ठीक भए बोर्ना बारिसिचले प्रारम्भिक ११ मा आफ्नो स्थान गुमाउन सक्छन्। । एन्टे बुडिमिर र मार्को लिभाजाले आक्रमणको भूमिकाका लागि ब्रुनोे पेटकोभिचसँग प्रतिस्पर्धा गर्दै आए पनि बाँकी खेलाडी जापानविरुद्ध उत्रिएका नै हुने स्पष्ट देखिन्छ।
यता, ब्राजिलका लागि लेफ्ट–ब्याक एलेक्स सान्ड्रो खेलको पूर्वसन्ध्यामा पूर्ण फिट नभएको बताइएको छ। यस्तोमा ड्यानिलोले अघिल्ला दुई खेलमा गरेजस्तै फेरि एकपटक आफ्नो स्थान लिने अपेक्षा गरिएको छ। स्टार नेइमार आज पनि सुरुवाती ११ मै हुने सम्भावना लगभग निश्चित छ। आक्रमणमा उनीसँगै रिचार्लिसन, भिनिसियस जुनियर र राफिन्हा हुनेछन्।
Croatia vs Brazil: possible line-ups
Croatia predicted XI
Livakovic; Juranovic, Lovren, Gvardiol, Sosa; Kovacic, Brozovic, Modric; Kramaric, Petkovic, Perisic
Brazil predicted XI
Alisson; Militao, Silva, Marquinhos, Danilo; Casemiro, Paqueta; Raphinha, Neymar, Vinicius Jr; Richarlison
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।