• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एम्बाप्पे सुपरस्टार बन्नुका सात कारण

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २२, २०७९  १७:२२
1140x725

एजेन्सी- कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलको क्वाटरफाइनलमा शनिबार साविक विश्व विजेता फ्रान्स र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा हरेकजसोको ध्यान भने एक खेलाडीमा केन्द्रित भएको छ।

ती खेलाडी हुन्, पेरिस सेन्ट जर्मेनबाट क्लब फुटबल खेल्ने स्टार केलियन एम्बाप्पे। उनी यतिखेर विश्व फुटबलका उत्कृष्ट खेलाडी हुन्। इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेट अहिले खेलाडीहरु एउटै कुराले बढी चिन्तित देखिन्छन्, कसरी एम्बाप्पेको गतिलाई रोक्ने?

बिबिसीले यिनै प्रतिभाका धनी एम्बाप्पे कसरी सुपरस्टार बन्ने भन्नेबारे ७ वटा कारण प्रस्तुत गरेको छ।

१. दोस्रो महँगा खेलाडी
सन् २०१७ मा एम्बाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा लोनमा आबद्ध भए। मोनाकोबाट प्रतिवर्ष १८० मिलियन युरोमा उनी लोनमा पीएसजीमा आबद्ध भएका थिए। यो नै अहिलेसम्मको दोस्रो महँगो ट्रान्सफर हो। यसअघि पीएसजीले नै बार्सिलोनाबाट सन् २०१७ मा नेयमारलाई २२२ मिलियन युरोमा किनेको थियो। 

एम्बाप्पेले २३७ खेलमा १९० गोल गरिसकेका छन्। पीएसजीमा उनी नेयमार र लियोनल मेसीसँगै खेल्दै आएका छन्। 

२. सिरियल विनर
एम्बाप्पे यस्ता भाग्यमानी फुटबलर हुन् जो व्यावसायिक फुटबलको सात वर्षमै लगातार विजेता भइरहे। सन् २०१८ मा विश्वकप, २०२०–२१ को युईएफए नेसन्स लिग, पएसजीबाट ४ र मोनाकोबाट १ गरी पाँच लिग वान टाइटल, २ वटा फ्रेन्च लिग कप एम्बाप्पेले जितेका छन्।

त्यसैगरी व्यक्तिगत रुपमा उनले सन् २०१७ मा अन्डर २१ प्लेयर्सतर्फको गोल्डेन बोई अवार्ड पनि जितेका थिए। दुई पटक फ्रेन्च प्लेयर्स अफ द इयर, लिग वान प्लेयर्स अफ द इयर, ३ वटक योङ प्लेयर्स अफ द इयरको उपाधि एम्बाप्पेले जितेका छन्।

सन् २०१८ को विश्वकपमा पनि उनी योङ प्लेयर्स चुनिएका थिए। चार पटक लिग वानको टप गोलकर्ताको पुरस्कार पनि एम्बाप्पेले पाइसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनकै उत्कृष्ट प्रदर्शनमा पीएसजी पहिलो पटक सन् २०२० मा च्याम्पिन्स लिगको फाइनलमा पुगेको थियो। यद्यपि, पीएसजीलाई पराजित गर्दै उपाधि भने जर्मन क्लब बायर्न म्युनिखले जितेको थियो। 

३. विश्वकप प्लेटफर्म
जम्माजम्मी १९ वर्षको हुँदा फ्रान्सको राष्ट्रिय टिमबाट मुख्य भूमिकामा न् २०१८ को रसिया विश्वकप एम्बाप्पेले खेलेका थिए। रसिया विश्वकपमा एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरे। उनकै उत्कृष्ट प्रदर्शनमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले उपाधि उचालेको थियो। रसिया विश्वकपमा गोल गर्दै एम्बाप्पले पेलेपछिको विश्वकपमा गोल गर्ने कान्छो खेलाडी बनेका थिए। सन् १९५८ मा पेले पछि विश्वकपमा गोल गर्ने कान्छो खेलाडी एम्बाप्पे बनेका थिए। 

कतारमा जारी विश्वकपमा पनि एम्बाप्पेले सबैभन्दा बढी गोल गरेका छन्। प्रिक्वाटरफाइनल सकिँदासम्म एम्बाप्पेले ५ गोल गरिसकेका छन्। योसँगै विश्वकपमा उनको गोल संख्या ९ पुगिसकेको छ। यो सँगै उनले अर्जेन्टिनाका डियोगो म्याराडोना र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको ८ गोलको रेकर्डलाई पछि पारेका छन्। 

४. डेब्युमै रेकर्ड ब्रेक
एम्बाप्पे फ्रान्सको राजधानी पेरिस नजिकैको वस्तीमा जन्मिएका थिए। उनले स्थानीय क्लब एएस बोन्डीबाट खेल्न सुरु गरेका थिए। उनको पहिलो मोनाकोबाट सन् २०१५ को डिसेम्बरमा भएको थियो। 

१६ वर्ष ३४७ दिनमा मोनाकोबाट डेब्यु गर्दा उनी उक्त क्लबको इतिहासकै कान्छा खेलाडी बनेर रेकर्ड राखेका थिए। उक्त रेकर्ड राख्ने क्रममा एम्बाप्पेले फ्रान्स तथा आर्सनल क्बलका पूर्व लिजेन्ड खेलाडी थियरी हेनरीको सन् १९९४ को रकेर्ड तोडेको थिए। रेकर्ड तोड्ने क्रममा एम्बाप्पेले ८८औं मिनेटमा केनविरुद्धका खेलमा डेब्यु गरेका थिए।

त्यसको तीन महिनापछि ट्रोएसविरुद्ध गोल गर्दै क्लबको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो एम्बाप्पे बने। यो रेकर्ड यसअघि हेनरीको नाममा थियो।

५. सुपर फास्ट
कतारमा जारी विश्वकपको पोल्याण्डसँगको खेलमा फ्रान्स ३–१ ले विजयी भएको थियो। उक्त खेलमा २ गोल गरेका एम्बाप्पको स्पिड प्रतिघण्टा ३५.३ किलोमिटर थियो। 

गत सेप्टेम्बरमा मात्रै लिग वानले एम्बाप्पे यस सिजनको सबैभन्दा तीव्र गतिको खेलाडीको भएको बताएको थियो। त्यतिबेला उनको तीव्र गति प्रति घण्टा ३६ किलोमिटर थियो।

जमैकाका धावक उसेन बोल्टसँग तुलना गर्ने हो भने उनको एभरेज गति ३७.५८ प्रतिकिलोमिटर छ। बोल्टको तीव्र गति भने ४४.७२ किलोमिटर प्रतिघण्टा छ। ९.५८ सेकेण्डमा १०० मिटर दौडदै बोल्टले सन् २००९ मा रेकर्ड राखेका थिए। 

६. महँगो प्रस्ताव अस्वीकार
एम्बाप्पेले ला–लिगा क्लब रियल मड्रिडको महँगो प्रस्ताव समेत अस्वीकार गरेका थिए। रियल मड्रिडका अध्यक्ष फ्लेन्टिनो पेरजसँग एम्बाप्पेलाई भित्र्याउनेबारे छलफल भएको थियो। ३ वर्षको सम्झौतामा महँगो मूल्यको प्रस्ताव एम्बाप्पेले अस्वीकार गरेका थिए। 

स्पेनिस फुटबलका विज्ञ गुइलेम बलागका अनुसार दुवै क्लबले एम्बाप्पेको ‘साइनिङ फि’ का लागि मात्र १५० मिलियन युरो तिर्न तयार भएका थिए। तर एम्बाप्पेले उक्त कुरा अस्वीकार गरेका थिए। 

७. ग्लोबल स्टार
गत अक्टोबरमा एम्बाप्पे फोब्सको सूचीमा सबैभन्दा बढी कमाउने फुटबलरको सूचीमा परे। रोनाल्डो र मेसी बाहेक ९ वर्षपछि उक्त सूचीमा पर्ने एम्बाप्पे पहिलो खेलाडी हुन्। यस सिजन उनले १२८ मिलियन डलर अर्थात् ११५.२ मिलियन पाउन्ड कमाउने अनुमान गरिएको छ।

सोसल मिडियामा पनि एम्बाप्पे उत्तिकै चर्चित छन्। फेसबुक, ट्विटर र इन्स्टाग्रामको फलोअर्स जोड्ने हो भने १०० मिलियनभन्दा बढी फलोअर्स एम्बाप्पेको हुन्छ।

सन् २०२२ मा विश्वकपमा खेल्ने भएका कारण रोनाल्डो, मेसी र नेयमारपछि सबैभन्दा प्रभावशाली फुटबलरको रुपमा एम्बाप्पेलाई राखिएको छ। 

चार वर्षअघि विश्वकप जितिसकेपछि एम्बाप्पेले आफ्नो कमाइको ३ लाख ८० हजार पाउण्ड बाल परोपकारी कामका लागि दान गरेका थिए। 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौं जित... आइतबार, असोज ४, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्