• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १०, २०८३ Sun, Jul 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

के ‘रोनाल्डो युग’को अन्त्य भएकै हो त?

64x64
दीपेन्द्र सापकोटा बिहीबार, मंसिर २२, २०७९  १४:०८
1140x725

काठमाडौं– यतिबेला सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नो करिअरको सबैभन्दा कठिन मोडमा आइपुगेका छन्। 

रोनाल्डोको कप्तानीमा रहेको टोली पोर्चुगल कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ। तर, यसका रोनाल्डोको खासै योगदान छैन। उनले पहिलो खेलमा घानाविरुद्ध पेनाल्टीमा गोल गर्नबाहेक टोलीलाई आवश्यक परेको बेला गतिलो याेगदान गर्न सकेका छैनन्।

रोनाल्डो यस्ता खेलाडी हुन्। जो सन् २००३ देखि लगातार पोर्चुगलको राष्ट्रिय टोलीमा छन्। उनी २००८ यता निरन्तर पोर्चुगलको सुरुवाती ११ मा थिए। २००७ देखि टोलीका कप्तान छन्। उनी अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन्।

पोर्चुगलका लागि सर्वाधिक १९५ खेलेका खेलेका उनले ११८ गोल गरेका छन्। पोर्चुगलका लागि उनले सर्वाधिक १० ह्याट्रिक गरेका छन्। कीर्तिमानै–कीर्तिमान बनाएका यिनै रोनाल्डाकोे क्लबसँगै अन्तर्राष्ट्रिय करिअर पनि जोखिम मोडमा पुगेको छ।

पोर्चुगल राष्ट्रिय टोलीका निर्विकल्प स्टार रहेका रोनाल्डोले जारी विश्वकपको नकआउटको स्विट्जरल्याण्डविरुद्धको महत्वपूर्ण खेलको अधिकांश समय बेन्चमा बिताए।  ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा रोनाल्डाले बेन्चबाट सुरुवात नगरेको ३१ खेल भइसकेको थियो। बेन्चमा बसिरहेका रोनाल्डो स्विट्जरल्याण्डविरुद्ध ७४ औँ मिनेटमा मैदान छिरे।

Cristiano Ronaldo reacts after being substituted on in Portugal's win over Switzerland

तर त्यो बेला टोलीलाई उनको आवश्यकता थिएन। किनकि, रोनाल्डोको ठाउँ लिँदै सुरुवाती ११ मा स्थान बनाएका गोन्कालो रामोसले ह्याट्रिक गरेपछि पोर्चुगल स्विट्जरल्याण्डमाथि ५–१ ले अगाडि थियो।  पछि राफायल लिआउले गोल थपेपछि सो खेल पोर्चगलले ६–१ ले सानदार ढंगले जित्यो। यसपछि रोनाल्डो सुरुवाती ११ मा पर्ने अवसर झनै पर सर्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

यससँगै रोनाल्डो र मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसबीचको विवाद झनै चकिँदै गएको छ। सान्तोसले बिहीबार रोनाल्डोलाई प्रतिस्थापन (सब्टिच्युट) खेलाडीले गर्ने तालिममा पठाए। उनले नमानी सुरुवाती ११ का खेलाडीले गर्ने तालिममा गए।

 

प्रशिक्षक सान्तोसले दक्षिण कोरियाविरुद्धको समूह चरणको खेलमा रोनाल्डोलाई पूरै समय खेल्न दिएनन्। यसले गर्दा रोनाल्डोले असन्तुष्टि जनाएका थिए। यसपछि प्रशिक्षक र उनीबीच विवाद बढेको हो। प्रशिक्षकसँग विवाद गरेपछि आगामी शनिबार हुने क्वार्टरफाइनलमा रोनाल्डो सुरुवाती ११ मा हुने सम्भावना लगभग शून्य प्रतिशतमा झरेको फुटबल पण्डितहरूले विश्लेषण गरिहेका छन्। यससँगै झण्डै दुई दशक अन्तराष्ट्रिय फुटबलमा छाएका रोनाल्डो अब राष्ट्रिय टोलीको जर्सीमा देखिने सम्भावना नरहेको उनीहरूको दाबी छ। उनीहरूका अनुसार देखिइहाले पनि अब उनी बेन्चमा देखिने छन्। 

यता, नेपाली फुटबलका विश्लेषकको भनाइ पनि उस्तै छ। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का रोनाल्डोको फुटबल करिअर अब ओरालोतिर लागेको स्वीकार गर्छन्।

‘रोनाल्डोले राष्ट्रका लागि जति दिनुपर्ने हो त्यो दिइसकेका छन्। अब अहिले उनीबारे अहिले जुन कुरा आइरहेको छ। र, उनको खेल खस्किँदो देखिएको छ, त्यसले चाहिँ उनको फुटबल करिअर ओरालो लाग्दै गरेको देखिन्छ’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

यद्यपि, पोर्चुगिज राष्ट्रिय टोलीका लागि रोनाल्डोले जुन योगदान दिएका छन्, त्यसलाई कम आँक्न नमिल्ने उनी बताउँछन्।

फुटबल प्रशिक्षकसमेत रहेका खड्काले प्रशिक्षक सान्तोसले रोनाल्डोलाई बेन्चमा राख्नुलाई नकारात्मक रूपमा मात्रै हेर्नु नहुने बताए। ‘खेल जित्नलाई यो एउटा प्रशिक्षकको रणनीति पनि हुन्छ’, उनले थपे, ‘किनकि, त्यो खेल पोर्चुगलले ६–१ को भारी अन्तरले जित्यो नि!’ 

यसरी भयो रोनाल्डो युग अन्त्यको सुरुवात 

ब्रिटिस पत्रकार पियर्स मोर्गनसँग रोनाल्डोले दिएको अन्तर्वार्ता विश्वकप सुरु हुनुभन्दा चार दिनमात्र अघि अर्थात १४ नोभेम्बरमा प्रकाशित भयो। जहाँ रोनाल्डोले आफू आबद्ध क्लब म्यानचेस्टर युनाइटेडमाथि तितो पोखे। मुख्य प्रशिक्षक इरिक टेग ह्याग र केही अधिकारीहरूले आफ्नो फुटबल करिअर नै समाप्त पार्न खोजेको आरोप लगाए।

साथै, उनले क्बल म्यानचेस्टर युनाइटेड पनि पुरानै ढर्रामा चलेकाले नतिजा ननिस्किएको आरोप लगाए।म्यानचेस्टर युनाइटेडमा रोनाल्डोको प्रदर्शन चित्तबुझ्दो नभएको भन्दै प्रशिक्षक ह्यागले उनलाई सुरुवाती ११ मा ठाउँ दिन छोडेका थिए। यसलाई लिएर रोनाल्डो आफ्नो अपमान गरेको बताउँदै आफूले पनि प्रशिक्षकलाई सम्मान नगर्ने स्पष्ट पारेका थिए।

The FULL Cristiano Ronaldo Interview With Piers Morgan | Parts 1 and 2 -  YouTube

क्लबमै आबद्ध भएका रोनाल्डोले आफ्ना असन्तुष्टि यसरी छताछुल्ल पोखेपछि म्यानचेस्टरमा हल्लीखल्ली मच्चियो। रानाल्डोलाई बर्खास्त गरेको औपचारिक निर्णय भएको छैन। तर उनी म्यानचेस्टर नफर्कने निश्चित भइसकेको छ। अझ भनौं रोनाल्डोको व्यवहारबाट युरोपका ठूला क्लबले उनलाई लिने जोखिम नमोल्ने इंग्लिस मिडियाहरूमा विश्लेषण आइरहेको छ।

हुन पनि रोनाल्डोलाई लिनलाई युरोपकै ठूला क्लबले खासै चासो दिएका छैनन्। यस्तोमा उनीबारे विभिन्न हल्ला आइरहेका छन्। यसैबीच, स्पेनिस पत्रिका मार्काले आगामी जनवरी १ देखि रोनाल्डो साउदी अरेबियाको क्लब अल नास्सरमा आबद्ध हुने दाबी गरेको छ। 

रोनाल्डो क्लब फुटबलका ‘बादशाह’ मानिन्छन्। उनले सर्वाधिक पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। यो प्रतियोगिताको उनी सर्वाधिक गोलकर्ता हुन्। यसरी युरोपका ठूला क्लबमा आबद्ध भएर दुई दशकसम्म सनसनी मच्चाइरहेका रोनाल्डो साउदी अरेबियाको क्लबमा जान बाध्य भइरहेका छन्। अधिकांश ब्रिटिश फुटबल पण्डितहरूले यसलाई रोनाल्डो युगको अन्त्य भएको मानिरहेका छन्।  हाल फुटबल पण्डितको काम गरिहेका इंग्लिस राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य गेरी नेभिल रोनाल्डोको फुटबल करिअर समाप्त भइसकेको तर उनले त्यो अस्वीकार गरेको बताउँछन्।

Cristiano Ronaldo returns to Manchester United: Gary Neville says  Portuguese gives club hope of great season ahead | Football News | Sky  Sports

नेभिल तिनै हुन् जसलाई रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा आफ्नो करिअर सिध्याउन भूमिका खेलेका आरोप लगाएका थिए। यद्यपि, रोनाल्डो र नेभिल म्यानचेस्टर युनाइटेडका पूर्वसहकर्मी हुन्।

यो पनि पढ्नुहोस

यी हुन् समूह चरणमा निस्किएका ८ अप्रत्यासित नतिजा

 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १४:०८
  • #क्रिस्टियानो रोनाल्डो
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपेन्द्र सापकोटा
लेखकबाट थप
पेलेबारे सुनिएका ७ मिथक : गोल हान्दा भाइ मरेकोदेखि दाहिने खुट्टा प्रतिबन्धसम्म
अर्जेन्टिना छैटौँ र फ्रान्स चौथो फाइनल खेल्दै, यी हुन् सबैभन्दा धेरै फाइनलमा पुग्ने ६ राष्ट्र
राजनीतिक उपनिवेशको फुटबलमार्फत बदला लिने मोरक्कोको मनसाय, लगातार फाइनलमा पुग्ने फ्रान्सको अभियान
सम्बन्धित सामग्री
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा खेल सकिने बित्तिकै मैदानमा अराजक दृश्यहरू देखिए। स्पेनका वैकल्पिक खेलाडीहरू जितको खुसीयाली... सोमबार, साउन ४, २०८३
लगातार दोस्रोपटक गोल्डन बुट जिते एमबाप्पेले २७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्। विश्वकपको इतिहा... सोमबार, साउन ४, २०८३
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड रोड्रीको कप्तानीमा स्पेनले अतिरिक्त समयमा धकेलिएको फाइनलमा अर्जेन्टिनालाई १–० गोलले पराजित गरी दोस्रोपटक विश्वकप उपाधि जितेको थियो ।... सोमबार, साउन ४, २०८३
ताजा समाचारसबै
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति आइतबार, साउन १०, २०८३
७ लाख ५७ हजार स्रोत नखुलेको रकम र मोटरसाइकलसहित एक जना पक्राउ आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्