• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक १९, २०८२ Wed, Nov 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
कतार विश्वकप

यी हुन् समूह चरणमा निस्किएका ८ अप्रत्यासित नतिजा

64x64
दीपेन्द्र सापकोटा शनिबार, मंसिर १७, २०७९  १८:१५
1140x725

काठमाडौं– फुटबलरका लागि विश्वकप यस्तो रंगमञ्च हो जहाँ उनीहरू आफ्नो कला देखाउन लालायित हुन्छन्। संसारभर कम्तीमा चार अर्बभन्दा बढी मानिसले विश्वकप फुटबल हेर्ने गरेका छन्। यस्तोमा विश्वकपको प्रतिस्पर्धा एउटा प्रतिष्ठाको लडाइँ हुने गर्छ।

यसैकारण होला यस रंगमञ्चमा कागजमा कमजोर मानिएका टोलीले पनि बलिया टोलीलाई हराउने गरेका छन्। सन् २००२ को विश्वकपमा नवप्रवेशी अफ्रिकी टोली सेनेगलले साविक विजेता फ्रान्सलाई हराएको सनसनी मच्चाएको थियो। गत संस्करण अर्थात २०१८ को विश्वकपमा पनि उपाधि दाबेदार मानिएको साविक विजेता जर्मनी पनि मेक्सिको र दक्षिण कोरियासँग पराजित हुँदै समूह चरणबाटै घर फर्किएको थियो।  

कतारमा जारी विश्वकपको समूह चरणका खेल सकिँदा झनै धेरै अप्रत्यासित नतिजा आए। यो विश्वकपमा कागजमा कमजोर मानिएका एसियाली र अफ्रिकी देशहरूले युरोप र दक्षिण अमेरिकाका ठूला टोलीलाई हराएर सनसनी मच्चाएका छन्। अब ती ८ खेलबारे चर्चा गरौंः 

१. साउदी अरेबिया–२, अर्जेन्टिना–१

Argentina v Saudi Arabia: 'The magic of the beautiful World Cup':  Twitterati lavishes praise on Saudi Arabia after shocking win over  Argentina | Football News - Times of India

समूह ‘सी’को यो हुनुभन्दा अगाडि दाबेदार मानिएको अर्जेन्टिनाले एसियाली राष्ट्र साउदी अरेबियालाई कम्तीमा ३–० को अन्तरले सजिलै हराउने अनुमान गरिएको थियो। दुई पटकको विश्वविजेता अर्जेन्टिनाले १० औँ मिनेटमा नै कप्तान लियोनल मेसीको पेनाल्टी गोलमा अग्रता लिएपछि त झनै जितको अन्तर फराकिलो हुने अनुमान गरिएको थियो। किनकि, एक गोल गरेपछि पनि अर्जेन्टिनाले आक्रमण निरन्तर जारी राख्यो। थप तीन गोल पनि गर्यो, तर ती सबै अफसाइड थिए।

मध्यान्तरअघि १–० ले अघि बढेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि आक्रमण निरन्तर गर्यो। धेरै गोल गर्ने प्रयास गर्ने क्रममा अर्जेन्टिनाका रक्षकहरू अगाडि बढेका थिए। यही मौकाको फाइदा उठाउँदै साउदी अरेबियाले ४८ औँ मिनेटमा बराबरी गोल फर्कायो। सलेह अल सेहरीले उत्कृष्ट गोल गरेका थिए। 

नसोचेको गोल खाएपछि अर्जेन्टिनाका खेलाडीले स्वाभाविक लय गुमाए। आक्रमण त गरिरहे तर त्यो भुत्ते थियो। यसैको मौका छोपेर साउदी अरेबियाले पुनः प्रत्याक्रमण गर्यो। ५३ औँ मिनेटमा सलिम अल दवसारीले गोल गर्दै सनसनी मच्चाए। धरै प्रयास गर्दा पनि अर्जेन्टिनाले बरारबरी गोल फर्काउन सकेन र उसले विश्वकप इतिहासकै सर्वाधिक अप्रत्यासित नतिजा आत्मसात गर्न पुग्यो। त्यतिमात्र होइन ३६ खेल अप्रत्यासित रहेको अर्जेन्टिनाले इटालीले बनाएको ३७ खेलको यात्रा भंग गर्ने क्रममा थियो। साउदी अरेबियासँगको यो हारले नयाँ कीर्तिमान बनाउने लक्ष्यमा समेत पूर्णविराम लाग्यो।

Ncell 2
Ncell 2

२. जापान–२, जर्मनी–१

We have to keep going': Japan buoyed by Germany victory, but not getting  carried away - CNA 

समूह ‘ई’को पहिलो खेलमा जापानलाई पराजित गरेर चार पटकको विश्वविजेता जर्मनीले सजिलै तीन अंक प्राप्त गर्ने अनुमान थियो। तर, त्यस्तो भएन खेल जापानले अप्रत्यासित रुपमा २–१ ले जित्यो।

अर्जेन्टिनाले जस्तै जर्मनीले पनि सुरुवाती अग्रता लिएको थियो। प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै इकाई गुन्डोगानले ३३ औँ मिनेटमा गोल गरे। यसपछि पनि जर्मनीले गोलका अवसर धेरै बनायो। यो देख्दा लाग्थ्यो जर्मनीले जापानलाई सजिलै जित्नेछ । तर, दोस्रो हाफको अन्त्यतिर जापानले आफूले पाएको प्रत्याक्रमणका थोरै अवसरलाई सदुपयोग गर्यो। खेलको ७५ औँ मिनेटमा रिस्तु दोवनले खेल बराबरीमा ल्याए। त्यसपछि जर्मनी सम्हालिन खोज्यो र अग्रता लिने कोसिसमा लाग्यो। यसै मौकामा जापानले पुनः प्रत्याक्रमण गर्यो। र, ८३ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई घर फर्काउने बाटो तय गर्यो। जापानका लागि ताकुमा असानाले गोल गरेका थिए। त्यसपछि जर्मनी खेलमा फर्कन सकेन र जापानलाई अप्रत्यासित नतिजा सुम्पियो।

जापानसँगको यही हार जर्मनीलाई महंगो साबित भयो। अन्य दुई खेलमा पनि अनुकूल नतिजा ननिस्किएपछि दाबेदार मानिएको जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरियो।

३. मोरक्को–२, बेल्जियम–०

Belgium vs Morocco final score, result: Atlas Lions claim stunning win to  edge towards World Cup knockouts | Sporting News United Kingdom

समूह ‘एफ’मा बेल्जियम सजिलै समूह विजेता बनेर नकआउट चरणमा जाने अनुमान थियो। तर, त्यसमा अफ्रिकी देश मोरक्कोले ब्रेक लगाइदियो। फिफा वरीयतामा समेत दोस्रो स्थानमा रहेको बेल्जियमलाई मोरक्कोले २–० ले स्तब्ध बनायो। बेल्जियमको आक्रमणलाई निरन्तर बिफल बनाएको मोरक्कोले अन्तिममा दुई गोल ठोकेको हो। 

रोमिन साइसले ७३ औँ तथा जाकारिया अबोउखलालले खेलको अन्तिम अतिरिक्त समय अर्थात ९२ औँ मिनेटमा गोल गर्दै दाबेदार मानिएको बेल्जियमलाई घर फर्काउने आधार तय गरेका थिए। अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेपछि बेल्जियम समूह चरणबाटै घर फर्कियो। यता मोरक्को भने अपराजित रहँदै समूह विजेता बनेर नकआउट चरणमा पुग्यो। यो नतिजा कुनै पनि फुटबल पण्डितले गरेको अनुमानभन्दा फरक थियो। 

४. जापान–२, स्पेन–१

FIFA World Cup: Japan stun Spain but both teams qualify for knockout stages  - Football International - phpstack-882370-3059675.cloudwaysapps.com

जर्मनीलाई हराएर सनसनी मच्चाएको जापानले अर्को उस्तै नतिजा ल्यायो। त्यो पनि स्पेनजस्तो बललाई पूर्ण नियन्त्रण लिएर खेल्ने टोलीविरुद्ध।

समूह ‘ई’मा अन्तिम खेल खेल्नुअघि यो समूहका ४ अंक जोडेको स्पेन जापानलाई हराएर सजिलै समूह विजेता बन्ने अनुमान गरिएको थियो। त्यो बेला जापानको ३ अंकमात्र थियो। जापानले दोस्रो चरणका लागि स्पष्ट स्थान बनाउन २०१० को विजेता स्पेनलाई हराउनैपर्ने थियो। अन्ततः विश्वकपकै दाबेदार मानिएको स्पेनलाई २–१ ले हराएर जापान समूह विजेता बन्यो भने स्पेन उपविजेतामा सीमित भयो। 

खेलमा अग्रता भने स्पेनले लिएको थियो। ११ मिनेटमै अल्भारो मोराटाले अग्रता दिँदा स्पेनले जापानलाई भारी अन्तरले जित्ने अनुमान गर्न सकिन्थ्यो। सजिलै जित्ने वा कम्तीमा बराबरी गर्ने ठानेरै होला स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले केही महत्वपूर्ण खेलाडीलाई विश्रामसमेत दिएका थिए। 

सायद, जापानले यो मौकाको भरपुर सदुपयोग गर्यो। दोस्रो हाफमा प्रत्याक्रमण गर्दै दुई गोल गर्न सफल भयो। रिस्तु देवनले ४८ औँ तथा ओ टानाकाले ५१ औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। यो अग्रता बचाइराखेपछि जापानले खेलमात्र जितेन समूह अप्रत्यासित रुपमा समूह विजेता नै बनेर नकआउट चरणको टिकट काट्यो। यसै नतिजाले जर्मनीसमेत बाहिरियो।

५. क्यामरुन–१, ब्राजिल–०

Brazil bruised but through after Cameroon defeat

समूह ‘जी’मा एक खेलअघि नै ब्राजिल नकआउट चरणमा पुगिसकेको थियो। यसर्थ, क्यामरुनविरुद्धको अन्तिम खेलमा उसले युवा तथा सुरुवाती ११ मा स्थान नबनाउने खेलाडीलाई मौका दियो। अघिल्लो खेलमा ब्राजिलले ९ परिवर्तन गर्यो। गोल निस्कन नसकेकोपछि ब्राजिलले बीचमा प्रमुख खेलाडीलाई पनि मौदानमा प्रवेश गराएको थियो। तर, त्यसले नतिजा दिनुको सत्ता प्रतिकुल भयो। खेल सकिन अन्तिम समयतिर अर्थात ९२ मिनेटमा क्यामरुनका कप्तान भिसेन्ट अबाउखरले गोल गरे। अन्ततः यो गोल नै ब्राजिललाई हार चखाउन पर्याप्त भयो। 

ब्राजिललाई जिते पनि अर्को खेलबाट अनुकुल नतिजा नआएपछि क्यामरुन पहिलो चरणबाटै बाहिरियो। यता, ब्राजिलविरुद्ध ऐतिहासिक गोल गरेपछि अबाउखरले खुसी मनाउने क्रममा जर्सी फुकाल्दा दोहोरो पहेँलो र रातो कार्ड खाँदै मैदान छोड्नुपर्यो। 

विश्वकपको रंगमञ्चमा कुनै पनि अफ्रिकी टोलीले ब्राजिललाई हराएको यो नै पहिलोपटक थियो। त्यसैले उनले रातो कार्डको पर्वाह नगरी ‘वाइल्ड सेलिबे्रेसन’ गर्न पुगेका थिए। अप्रत्यासित हारका बाबजुद ब्राजिल समूह विजेता बन्यो। 

६. ट्युनिसिया–१, फ्रान्स–०

Tunisia vs France, World Cup 2022 result: Tunisians head home but not  before historic triumph

विश्वकपको समूह चरणमा ब्राजिलले झै साविक विजेता फ्रान्सले पनि अप्रत्यासित नतिजा भोग्यो। समूह ‘डी’ एक खेल खेल्नुअगावै फ्रान्स नकआउट चरणमा पुगिसकेको थियो। यसर्थ, उसले पनि ब्राजिललेजस्तै नौ परिवर्तन गरेर ट्युनिसियासँग मैदानमा उत्रिएको थियो। 

अर्कोतिर, ट्युनिसियाले भने आफ्नो शतप्रतिशत तागत लगाएर खलेको थियो। र, ५८ औँ मिनेटमा गोल गर्न सफल भयो। वाह्वी खाजीले गरेको सोही गोल नै फ्रान्सलाई जित्न निर्णायक बन्यो।

एक गोलले पछि परेपछि फ्रान्सले आफ्ना प्रमुख खेलाडी मैदानमा प्रवेश गरायो। एन्टोइन ग्रिजमनले अन्तिम समयमा गोल पनि गरेका थिए। तर त्यसलाई भिएआरले अफसाइड भन्दै रद्द गरिदियो। त्यसपछि कुनै गोल हुन नसकेपछि अफ्रिकी टोली ट्युनिसियाले विश्वकपकै दाबेदार मानिएको फ्रान्समाथि ऐतिहासिक जित दर्ता गरायो। हारका बाबजुद फ्रान्स समूह विजेता बन्यो भने जितेर पनि ट्युनिसिया बाहिरियो। किनकि, ट्युनिसियाले यसअघि अष्ट्रेलियालाई नतिजा सुम्पिएको थियो।

७. दक्षिण कोरिया–२, पोर्चुगल–१

Photos: South Korea beat Portugal to step forward at World Cup | In  Pictures | Al Jazeera

समूह ‘एच’ पनि एसियाली राष्ट्र दक्षिण कोरियाले पोर्चुगलविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै नकआउट चरणमा स्थान बनायो। यो समूहमा पोर्चुगलले दुई खेलअगावै नकआउट चरणमा स्थान बनाइसकेको थियो। त्यसैले, केही प्रमुख खेलाडीलाई बिश्राम दिएको थियो। यसैको फाइदा दक्षिण कोरियाले भरपुर उठायो। 

खेलमा सुरुवाती अग्रता भने पोर्चुगलले लिएको थियो। रिकार्डो होर्टाले ५ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन्। तर, २७ मिनेटमै दक्षिण कोरिया खेलमा फर्कियो। किम याङ ग्वोनले २७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोलाई समेत परिवर्तन गर्यो। पछि आएका युवा खेलाडीले गोल गर्ने प्रयास गरे तर सम्भव भएन।

उता, पोर्चुगललाई निजिती नकआउटचरणमा जाने बाटो बन्द हुन लागेको दक्षिण कोरियाले पनि निरन्तर गोलको प्रयास गयो। अन्ततः अतिरिक्त समय अर्थात ९१ औँ मिनेटमा त्यो सम्भव भयो। उता सोही समूहको खेलमा उरुग्वेले घानालाई हरायो। यो नतिजाले दक्षिण कोरियालाई फाइदा पुर्यायो र उरुग्वेजस्तो दुई पटकको विजेतालाई पछि पार्दै समूह उपविजेता बनेर दक्षिण कोरिया नकआउट चरणमा पुग्यो। हारका बाबजुद पोर्चुगल समूह विजेता बन्यो।

८. अष्ट्रेलिया–१, डेनमार्क–०

World Cup 2018 live coverage: Australia vs Denmark at Samara Arena, Russia  | The Australian

समूह ‘डी’मा डेनमार्क नकआउट चरणमा जाने ‘फेवरेट’ टोली थियो। अझ उसले फ्रान्सलाई नै उछिनेर समूह विजेता बन्ने धेरैले अनुमान गरेका थिए। तर, त्यो अनुमान एसियाबाट छनोट भएको अष्ट्रेलियाले गलत सावित गरिदियो। निर्णायक खेलमा बलियो मानिएको डेनमार्कले १–० ले हराएर अष्ट्रेलियाले अन्तिम १६ को टिकट काट्यो।

माथ्यु लेकीले ६० औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो। यसअघि अष्ट्रेलियाले ट्युनिसियालाई समान अन्तरले हराएको थियो। फ्रान्ससँग समान ६ अंक हुनका बाबजुद अष्ट्रेलिया गोल अन्तरमा पछि पर्दै उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो। अष्ट्रेलियाले शनिबार मध्यराति क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिनसँग भिड्दैछ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १८:१५
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपेन्द्र सापकोटा
लेखकबाट थप
पेलेबारे सुनिएका ७ मिथक : गोल हान्दा भाइ मरेकोदेखि दाहिने खुट्टा प्रतिबन्धसम्म
अर्जेन्टिना छैटौँ र फ्रान्स चौथो फाइनल खेल्दै, यी हुन् सबैभन्दा धेरै फाइनलमा पुग्ने ६ राष्ट्र
राजनीतिक उपनिवेशको फुटबलमार्फत बदला लिने मोरक्कोको मनसाय, लगातार फाइनलमा पुग्ने फ्रान्सको अभियान
सम्बन्धित सामग्री
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसद्वारा राजीनामा अखिल नेपाल फुटबल संघ(एन्फा) लाई उनले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। यस विषयमा एन्फाबाट हालसम्म कुनै आधिकारिक जानकारी आएको छ... बिहीबार, कात्तिक १३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि प्रतियोगिता जितेको हो। आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन दुवै गोल यासि... सोमबार, कात्तिक ३, २०८२
विधि र पद्धतिविपरीत काम गरेको आरोपमा एन्फा महासचिव किरण निलम्बित साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित काम गरेको भन्दै कार्यवाहक अध्यक्ष खड्काल... आइतबार, कात्तिक २, २०८२
ताजा समाचारसबै
हितेन्द्रको रिटमा कारण देखाउ आदेश मंगलबार, कात्तिक १८, २०८२
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’ मंगलबार, कात्तिक १८, २०८२
निकोलस भुसाल पक्राउ मंगलबार, कात्तिक १८, २०८२
ज्ञानेन्द्र शाहीको राजेन्द्र लिङ्देन र धवल शमशेरलाई चेतावनीपूर्ण अपिल: "मिलेर जान सक्दैनौ भने युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार छैन" मंगलबार, कात्तिक १८, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्