• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२ Fri, Jun 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
विश्वकप फुटबल अर्जेन्टिना छैटौँ र फ्रान्स चौथो फाइनल खेल्दै, यी हुन् सबैभन्दा धेरै फाइनलमा पुग्ने ६ राष्ट्र
64x64
दीपेन्द्र सापकोटा शनिबार, पुस २, २०७९  १२:१६
1140x725

काठमाडौं– अर्जेन्टिना र फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेका छन्। २ पटकको विश्वविजेता अर्जेन्टिना छैँटौपटक फाइनलमा प्रवेश गरेको हो। यता, समान २ पटकको विश्वविजेता फ्रान्स भने चौथोपटक फाइनलमा स्थान बनाउन सफल भएको छ। यहाँ हामीले सबैभन्दा धेरै फाइनलमा खेल्ने ६ राष्ट्रबारे जानकारी दिन गइरहेका छौं। जसको अग्र स्थानमा जर्मनी रहेको छ।

१. जर्मनी– ८ पटक 

World Cup 2014: Germany Defeats Argentina, 1-0, in Extra Time to Win Final  - The New York Times

जर्मनी सर्वाधिक ८ पटक विश्वकपको फाइनलमा पुगेको राष्ट्र हो। जर्मनीले विश्वकप ४ पटक जितेको छ। जर्मनीले १९५४, १९७४, १०९० र २०१४ गरी ४ पटक विश्वकप जितेको हो। जर्मनीले सन् १९५४ मा स्विट्जरल्याण्डमा भएको विश्वकप पहिलोपटक जितेको थियो। त्यो विश्वकपको फाइनलमा जर्मनीले हंगरीलाई ३–२ गोल अन्तरले पाखा लगाएको थियो।

त्यस्तै, घरेलु मैदानमा भएको १९७४ को विश्वकप पनि जर्मनीले नै जितेको थियो। प्रमुख प्रतिद्धन्द्धी नेदरल्याण्ड्सलाई २–१ ले हराउँदै जर्मनी दोस्रोपटक च्याम्पियन बनेको थियो। यसैगरी, १९९० मा इटालीमा भएको विश्वकपमा अर्जेन्टिनालाई १–० ले हराउँदै जर्मनी तेस्रोपटक विश्वविजेता बनेको थियो।

जर्मनीले चौथोपटक भने ब्राजिलमा विश्वकप जित्यो। अर्जेन्टिनालाई नै १–० गोल अन्तरले पाखा लगाउँदै जर्मनीले चौथोपटक उपाधि जितेको थियो। यसँगै जर्मनी दक्षिण अमेरिकामा विश्वकप जित्ने हालसम्म पहिलो र एकमात्र राष्ट्र बनेको छ।

यस्तै, समान ४ पटक नै जर्मनी विश्वकपको फाइनलमा पराजित भएको छ। जर्मनी १९६६ मा घरेलु टोली इंग्ल्याण्डसँग ४–२ ले पराजित भएको थियो। यस्तै, १९८२ मा स्पेनमा भएको विश्वकपको फाइनलमा जर्मनी इटालीसँग ३–१ ले हारेको थियो।  मेक्सिकोमा भएको १९८६ को विश्वकपमा जर्मनी अर्जेन्टिनासँग ३–२ ले पराजित भएको थियो। यसैगरी, दक्षिण कोरिया र जापानमा भएको २००२ मा जर्मनी ब्राजिलसँग २–० ले पराजित भएको थियो। ६२ र ८६ गरी लगातार २ पटक जर्मनी फाइनलमा पराजित भएको थियो। १९५४ देखि १९९० सम्मका फाइनल जर्मनीले पश्चिम जर्मनीको नाममा खेलेको थियो। सर्वाधिक ८ पटक फाइनल खेलेको र ४ पटक जितेको जर्मनी कतारमा जारी विश्वकपमा भने समूह चरण पार गर्न सकेन।

२. ब्राजिल– ७ पटक

Ncell 2
Ncell 2

World Cup quiz: Can you name Brazil's XI from the 2002 final vs Germany?

ब्राजिल पेले, रोनाल्डिन्हो, रोनाल्डो, काका, नेइमारजस्ता आक्रमक खेलाडी जन्माएको टोली हो। सर्वाधिक ५ पटक विश्वकप जितेको ब्राजिल समग्रमा ७ पटक फाइनलमा पुगेको छ। यीमध्ये २ पटक भने ब्राजिलले फाइनल गुमाएको छ।

ब्राजिलले सन् १९५८ मा स्विडेनमा भएको विश्वकपमा पहिलोपटक विश्वविजेता बनेको थियो। पेलेप्रेरित ब्राजिलले घरेलु टोली स्विडेनलाई ५–२ को भारी अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।

त्यसपछि ब्राजिलले लगातार अर्को विश्वकप जित्दै इटालीले १९३४ र ३८ मा बनाएको कीर्तिमान बराबरी गर्यो। १९६२ मा चिलीमा भएको सो विश्वकपमा ब्राजिलले तत्कालीन चेकोस्लाभाकियालाई ३–१ ले हराउँदै उपाधि जितेको थियो।

त्यसपछि ब्राजिलले १९७० मा पनि विश्वकप जित्यो। मेक्सिकोमा भएको उक्त विश्वकपमा इटालीलाई ४–१ ले पाखा लगाउँदै ब्राजिलले तेस्रोपटक विश्वकप जितेको थियो। यो विश्वकप जितेसँगै पेले १९५८, ६२ र ७० मा गरी ३ पटक विश्वकप जित्ने १ मात्र विजेता बने। त्यो अहिले पनि कायम छ।

ब्राजिलले १९९४ मा अमेरिकाका भएको विश्वकप पनि जित्यो। इटालीलाई टाइब्रेकरमा ३–२ ले हराउँदै ब्राजिलले विश्वकपको चौथो उपाधि हात पारेको थियो। टाइब्रेकरअघि यी २ टोलीबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो।

यसपछि ब्राजिलले पाँचौ विश्वकप जित्न धेरै समय लगाएन। मात्र ८ वर्षपछि दक्षिण कोरिया र जापानमा भएको विश्वकपको उपाधि ब्राजिजले नै हात पार्यो। २००२ मा जापानमा भएको उक्त फाइनलमा रोनाल्डोप्रेरित ब्राजिलले जर्मनीलाई २–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो। त्यसयता ब्राजिलले विश्वकप जित्न सकेको छैन। कतारमा जारी विश्वकपमा पनि नेइमारप्रेरित ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

यसैगरी, ब्राजिल १९५० र १९९८ गरी २ पटक विश्वकपको फाइनलमा पराजित भएको छ। १९५० मा घरेलु मैदानमा भएको विश्वकपको अन्तिम खेलमा प्रमुख दाबेदार मानिएको ब्राजिलले उरुग्वेलाई २–१ ले सुम्पिएको थियो। यस्तै, १९९८ मा पनि ब्राजिलले घरेलु टोली फ्रान्सलाई ३–० ले नतिजा सुम्पिएको थियो। ब्राजिलले घरेलु मैदानमा २ पटक विश्वकप खलिसकेको छ। तर, जित्न सकेको छैन।

३. इटाली– ६ पटक

Fabio Grosso recalls scoring against Germany at World Cup 2006 before  netting the decisive penalty in the final shootout | FourFourTwo

इटालीले ६ पटक विश्वकपको फाइनल खेलेको छ। यसमध्ये ४ पटक जितेको छ। इटालीले १९३४ मा घरेलु मैदानमै भएको विश्वकप पहिलोपटक जितेको थियो। सो विश्वकपको फाइनलमा तत्कालीन चेकोस्लोभाकियालाई २–१ ले हराउँदै इटालीले विश्वकप उपाधिको खाता खोलेको थियो। त्यसपछि इटालीले लगातार अर्को विश्वकप जित्यो। १९३८ मा फ्रान्समा भएको विश्वकपको फाइनलमा हंगेरीलाई ४–२ ले हराउँदै इटालीले दोस्रो विश्वकप जितेको थियो। इटाली लगातार विश्वकप जित्ने पहिलो राष्ट्र हो।

तेस्रो विश्वकप जित्न भने इटालीले १९८२ सम्म कुनुपर्यो। स्पेनमा भएको उक्त विश्वकपमा इटालीले फाइनलमा पश्चिम जर्मनीलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो। इटालीले चौथो विश्वकप २००६ मा जित्यो। जर्मनीमा भएको उक्त विश्वकपमा जिनेदिन जिदानको प्रेरणामा रहेको फ्रान्सलाई टाइब्रेकरमा ५–३ ले हराउँदै इटालीले चौथो विश्वकप जितेको थियो। यसअघि निर्धारित समय १–१ को बरारबीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो।

यस्तै, इटाली २ पटक विश्वकपको फाइनलमा हारेको छ। संयोगवश दुवैपटक ब्राजिलसँग नै हारेको छ। १९७० मा मेक्सिकोमा भएको विश्वकपको फाइनलमा इटाली ब्राजिलसँग ४–१ ले पराजित भएको थियो। यस्तै, सन् १९९४ मा अमेरिकामा भएको विश्वकपका इटाली ब्राजिलसँग टाइब्रेकरमा पराजित भएको थियो। टाइब्रेकरअघि खेल गोलरहित बराबरीमा सकिएको थियो। 

अन्तर्राष्ट्रिय फुटबलको सदाबहार शक्ति मानिएको इटाली पछिल्ला २ वटा विश्वकपमा भने छनोट हुन सकेन। २०१८ मा रुसमा र अहिले कतारमा इटाली छनोट हुन नसकेको हो। 

४. अर्जेन्टिना– ६ पटक

Netherlands 0-0 Argentina (2-4 on pens) - BBC Sport

कतारमा जारी विश्वकपको सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराउँदै लियाेनल मेसीप्रेरित अर्जेन्टिना फाइनलमा पुगेको छ। आइतबार अर्जेन्टिनाले छौटौँपटक विश्वकपको फाइनल खेल्दैछ । यसअघि खेलेका ५ मध्ये ३ फाइनल अर्जेन्टिनाले गुमाएको छ भने २ पटक विश्वकप जितेको छ। 

अर्जेन्टिनाले १९७८ मा घरेलु मैदानमा भएको विश्वकप पहिलोपटक जितेको थियो। नेदरल्याण्ड्सलाई ३–१ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसपछि अर्जेन्टिनाले ८ वर्षपछि नै अर्को विश्वकप जित्यो। १९८६ मा मेक्सिकोमा भएको उक्त विश्वकपमा डिएगो म्याराडोनाप्रेरित अर्जेन्टिनाले पश्चिम जर्मनीलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो। 

यसअघि, १९३० मा भएको पहिलो विश्वकपको फाइनल अर्जेन्टिनाले गुमाएको थियो। अर्जेन्टिनाले घरेलु टोली उरुग्वेलाई ४–२ ले नतिजा सुम्पिएको थियो। त्यसपछि १९९० मा म्याराडोना नेतृत्वको अर्जेन्टिना फाइनलमा पश्चिम जर्मनीसँग १–० ले पराजित भएको थियो।

त्यसपछि अर्जेन्टिनाले फाइनल खेल्न २८ वर्ष कुर्नुपर्यो। मेसी नेतृत्वको अर्जेन्टिना २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा पुग्यो। तर, जर्मनीसँग १–० ले पराजित हुन पुग्यो। अहिले पुनः मेसीप्रेरित अर्जेन्टिना फाइनलमा पुगेको छ। तेस्रो उपाधिको खोजीमा छ। त्यसका लागि उसले आइतबार फ्रान्सलाई हराउनुपर्ने छ।

५. फ्रान्स– ४ पटक

2018 FIFA World Cup Final | France vs Croatia: Les Blues cruise to second  title - The Statesman

फ्रान्स कतारमा जारी विश्वकपको फाइनलमा पुगेको छ। अब फ्रान्सले उपाधि भिडन्तका लागि अर्जेन्टिनासँग आइतबार प्रतिस्पर्धा गर्नेछ। यससँगै फ्रान्स विश्वकपको फाइनलमा चौथोपटक पुगेको हो। २ पटक उपाधि जितेको छ। फ्रान्सले १९९८ मा घरमै भएको विश्वकपको उपाधि पहिलोपटक जितेको थियो। सो विश्वकपमा प्रमुख दाबेदार मानिएको ब्राजिललाई ३–० को भारी अन्तरले हराउँदै जिदानप्रेरित फ्रान्सले उपाधि जितेको थियो।

त्यसपछि फ्रान्स २००६ मा फाइनलमा पुगेको थियो। तर, इटालीसँग टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो। यसअघिको निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो। 

अघिल्लो विश्वकपको फाइनलमा स्थान बनाएको फ्रान्सले उपाधि नै जित्यो। २०१८ रुसमा भएको उक्त विश्वकपमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले आफ्नो दोस्रो उपाधि जितेको थियो। अब आइतबार फ्रान्स अर्जेन्टिनालाई हराउँदै तेस्रो विश्वकप जित्ने लक्ष्यमा हुनेछ।  

६. नेदरल्याण्ड्स– ३ पटक

Netherlands vs. Uruguay | Reuters.com

नेदरल्याण्ड्स यस्तो अभागी देश हो, जसले ३ पटक फाइनल खेलेर पनि उपाधि जित्न सकेको छैन। नेदरल्याण्ड्सले पहिलो फाइनल सन् १९७४ मा घरेलु टोली पश्चिम जर्मनीविरुद्ध खेलेको थियो। तर, २–१ ले परातित हुँदै उपाधि गुमायो। त्यसपछि नेदरल्याण्ड्स लगातार फाइनलमा पुग्यो। १९७८ मा भएको फाइनलमा पनि उसले घरेलु टोली अर्जेन्टिनालाई ३–१ ले नतिजा सुम्पियो।

नेदरल्याण्ड्स ३२ वर्षपछि पुनः २०१० मा फाइनलमा पुग्यो। तर, स्पेनसँग १–० ले पराजित हुँदै उपाधिबाट बञ्चित भयो। जारी विश्वकपमा डच टोली क्वार्टरफाइनलबाटै बाहिरिएको छ। 

यसैगरी, उरुग्वेले २ पटक फाइनलमा पुगेर दुवैपटक उपाधि जितेको छ। चेकोस्लाभाकिया र हंगेरी २ पटक फाइनलमा पुगेर पराजित भएका छन्। 

यस्तै, समान १ पटक फाइनलमा पुगेका इंग्ल्याण्ड र स्पेनले पहिलो प्रयासमै उपाधि जितेका छन्। स्विडेन र क्रोएसिया समान १ पटक फाइनल खेलेर पराजित भएका छन्।  

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १२:१६
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपेन्द्र सापकोटा
लेखकबाट थप
पेलेबारे सुनिएका ७ मिथक : गोल हान्दा भाइ मरेकोदेखि दाहिने खुट्टा प्रतिबन्धसम्म
राजनीतिक उपनिवेशको फुटबलमार्फत बदला लिने मोरक्कोको मनसाय, लगातार फाइनलमा पुग्ने फ्रान्सको अभियान
एन्फा पदाधिकारी कतारमा मस्त, नेपाली फुटबल अन्योलमा
सम्बन्धित सामग्री
साफ यू-२० महिला च्याम्पियनसिप टोलीको घोषणा अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। सोमबार, असार ९, २०८२
क्लब विश्वकपमा मियामीको पहिलो जित, मेसीको गोल खेलको आठौँ मिनेटमा सामु आघेहावाको गोलमा पोर्टोले अग्रता लिएको थियो । सुरुवाती अग्रतालाई दोस्रो हाफमा तोड्दै मियामी विजयी भएको हो । शुक्रबार, असार ६, २०८२
नेपाली फुटबलर रेखा आबद्ध आबुधाबीले जित्यो यूएई महिला लिगको उपाधि आबुधाबी कन्ट्री क्लबले लिगका सबै सात खेलमा जित दर्ता गर्दै २१ अंकसहित उपाधि उचालेको हो । कुल ८ टोली सहभागी लिगमा आबुधाबीले एकपक्षीय... आइतबार, असार १, २०८२
ताजा समाचारसबै
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण शुक्रबार, असार १३, २०८२
डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छ – मन्त्री पौडेल शुक्रबार, असार १३, २०८२
रास्वपाले बोलायो संसदीय दलको बैठक शुक्रबार, असार १३, २०८२
ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किदा दुई जना घाइते शुक्रबार, असार १३, २०८२
इजरायली ड्रोन आक्रमणमा परी गाजामा १८ जना प्यालेस्टिनीको मृत्यु शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुकुल ढकालले दायर गरेको रिटमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो बिहीबार, असार १२, २०८२
टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा बिहीबार, असार १२, २०८२
एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी शुक्रबार, असार १३, २०८२
शिक्षा विधेयकमा छलफल सकिएन, भोलि फेरि समितिको बैठक बिहीबार, असार १२, २०८२
बालिकालाई सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्