• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आयात प्रतिबन्ध हटाउने सरकारको निर्णय: अर्थविद् भन्छन्- रहस्यमय छ

64x64
सुमित्रा कार्की बिहीबार, मंसिर २२, २०७९  १९:०१
1140x725

काठमाडौं– सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागू हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो। 

सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध लगाएको थियो। मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुन्छ।

सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख  १३ गतेदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो।

सरकारले प्रतिबन्ध थप परिस्कृत गर्दै ६ प्रकारका वस्तुको प्रतिबन्ध हटाएर ५० हजार डलरभन्दा माथिका गाडी, ३ सय डलरभन्दा महँगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याएको थियो। सरकारको पछिल्लो निर्णयपछि अब पुस १ गतेदेखि यी वस्तुहरु आयात गर्न पाइने भएको छ।

सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो। गत आर्थिक वर्षदेखि देखिएको देशको अर्थतन्त्रको समस्या समाधान गर्न भन्दै केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। 

सरकारले बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या, घट्दो देशको ढुकुटी बचाउन र उत्पादन क्षेत्रमा लगानी जान कम गर्नको लागि महँगो वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय सरकारले देशको ढुकुटीमा केही सुधार, बढ्दो रेमिट्यान्स लगायत अर्थतन्त्रका केही सूचक सुधारात्मक बाटोमा भएको कारण आयात प्रतिबन्ध खोल्ने निर्णय गरेको जनाएको छ। 

अर्थतन्त्रमा देखिएको समस्या यथावत् रहँदारहँदै नयाँ सरकार बन्ने समयमा आयात प्रतिबन्ध खुल्नु रहस्यमय भएको एक अर्थविद् बताउँछन्। ‘सरकारले आयात प्रतिबन्ध खोल्नुपर्ने आवश्यकता थियो। तर आयात कम गर्ने अर्को उपाय नसोची नयाँ सरकार बन्ने बेलामा आयात खोल्नु रहस्यमय हो। यसमा सरकार तथा व्यापारीको केही स्वार्थ हुन सक्छ,’ ती अर्थविद्ले भने, ‘यसअघि पनि चुनावको बेला सरकारले केही यस्तै विवादित वस्तुको आयात खोलेको थियो। तास, हिरा लगायतका वस्तु आयातमा प्रतिबन्ध हटाउनु त्यो बेलाको आवश्यकता थिएन। तर चुनाव खर्च उठाउनकै लागि यस्तो आयात खुला गरेको देखिन्छ।’

सरकारले आयात बन्देज गरिएका सवारी साधन, आइफोन र मदिरा विदेशी मुद्रा खर्च हुने वस्तु हुन्। तर अहिले पनि समस्याको समाधान नभइसकेको कारण यस्तो आयात प्रतिबन्ध खोल्दा मुद्रा सञ्चितिमा थप दबाब कायम रहने ती अर्थविद् बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनी भन्छन्, ‘लामो समयसम्म दबाबमा रहेको विदेशी मुद्रा सञ्चितिमा केही सुधार देखिएको छ। देशको अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक सुधार देखिएको छ। यस्ता सूचक वास्तवमै सुधारात्मक बाटोमा नभएर केही राम्रा सूचकलाई केही बिग्रिएका सूचकमा जोडेर अर्थतन्त्र हेर्न नहुने अवस्थामा छैन भन्न मात्र खोजिएको हो। अवस्था उस्तै छ।’

यता सरकारले भने लामो समय आयात रोक्दा पनि अर्थतन्त्रलाई थप समस्या परेको बताउँदै आयात प्रतिबन्ध खोलेको हो। मुलुकको अर्थतन्त्र आयातमा आधारित रहेकाले पनि बन्देज खुलाउन अति आवश्यक रहेको र आयात रोकेको कारण राजस्व संकलनमा गिरावट आएको सरकारी निकायतर्फको बुझाइ छ। 

प्रतिबन्ध हट्दा अर्थतन्त्रमा प्रभाव सकारात्मक कि नकारात्मक?
देशको आर्थिक अवस्थालाई हेर्दा अहिले नै आयात खोल्नु देशको ढुकुटी बचाउनको लागि सकारात्मक नभएको जानकारहरुको बुझाइ छ। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘अहिलेको अवस्था समस्यामा नै छ। देशमा दीर्घकालीन आम्दानीका स्रोतहरु केही छैनन्। विदेशमा रहेका नेपालीको पसिनालाई जोडेर देशको ढुकुटी केही सुधारात्मक बाटोमा गएको देखाइएको छ। समस्याको समाधान गर्नेतर्फ कसैले ध्यान दिएका छैनन्।’  

सरकारले देशको वर्तमान आर्थिक अवस्था बुझ्दै नबुझी,  समस्याको समाधान नै नखोजी आयात प्रतिबन्ध खोलेको उनको आरोप छ। ‘करदाताले चारैतिरबाट घेरेपछि सरकारले बाध्य भएर आयात प्रतिबन्ध खोल्ने निर्णय गरेको छ। यो ठिक छ कि छैन भनेर हेर्न यसलाई गरेको मूल्यांकन अहिलेसम्म बाहिर आएको छैन। असोज मसान्तसम्म राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले केही ब्यापार घाटा कम भयो भनेको छ। केही मात्रामा आयात घट्यो भनेको छ। तर त्यो भन्दा पनि ठूलो मात्रामा निर्यात पनि घटेको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देशमा  हुने आम्दानी पनि घट्नु र आयात पनि घट्नुले देशमा भएको आर्थिक समस्या अझै पनि उस्तै रहेको उनको बुझाइ छ। 

आर्थिक समस्याको समाधानतर्फ कसैको ध्यान नजानु र एकतर्फी ब्यापारीको दबाबलाई लिएर मात्र आयात प्रतिबन्ध फुकुवा गर्न नहुने उनी बताउँछन्।

‘देशको आम्दानी पनि घटेको छ। दीर्घकालीन रुपमा आम्दानी कसरी बढाउने भन्नेतर्फ सरकारले ध्यान दिएको छैन। आर्थिक अवस्थालाई सुधार गर्ने, आयात खोल्दा देशको ढुकुटीमा संकट नआउने अर्को उपाय नखोजी सरकारले आयात प्रतिबन्ध खोल्नु हुन्नथ्योउ। अब विभिन्न गाडी तथा मोबाइल कम्पनी जसले अहिले आयात गर्न पाएका छैनन्, यस्ता कम्पनीले एकै पटक धेरै आयात गर्ने सम्भावना छ,’ उनी भन्छन्।  

आयातमा लामो समयसम्म बन्देज लगाउदा विश्वले हामीलाई हेर्ने दृष्टिकोणमा नकारात्मक असर पर्ने हुँदा आयात खोल्नुपर्ने सरकारको बाध्यता भए तापनि त्यसको विकल्प खोजेर मात्र प्रतिबन्ध हटाएको भए समस्याको समाधान गर्न सजिलो हुने क्षेत्री बताउँछन्। 

पूर्व गभर्नर क्षेत्री उदारण दिँदै भन्छन्, ‘केही समय अगाडि एउटा स्टिल कम्पनीले १ वर्षको लागि चाहिने कच्चा पदार्थ एकै पटक आयात गरेको थियो। त्यसले सरकारको राजस्वदेखि लिएर देशमा भएको मुद्रा सञ्चितिमा पनि नकारात्मक असर परेको हामीले देखेका छौं। यसरी वस्तु खरिद भयो भने अहिलेभन्दा पनि भयावह समस्या आउने देखिन्छ।’

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरन्जीवी नेपाल भन्छन्, ‘सरकारले अहिले तीन महिनामा भएको आयातलाई आधार मानेर हेर्दा देशमा भएको सञ्चितिले ८.३ महिनाको वस्तु आयात धान्न पुग्ने भनेको छ। यो भनेको अहिले आयात कन्ट्रोल गरेको समय हो। आयात कन्ट्रोल नभएको समयको वस्तु तथा आयातलाई मध्यनजर गरेर यो तथ्यांक सार्वजनिक गर्ने हो भने हामीसँग ८.३ महिनाको आयात धान्न सक्ने क्षमताको सञ्चिति रहँदैन।’

अहिले देशमा भएको सञ्चिति पनि सरकारले भनेको समयको आयातित वस्तु धान्न नसक्ने अवस्था रहेको नेपालको बुझाइ छ। यसले देशको अर्थतन्त्र सुधारको पाटोमा भन्दा पनि संकटको पाटोमै रहेको उनी बताउँछन्। यस्तो बेलामा आयात प्रतिबन्ध खोल्दा देश दुर्घटनामा नजाने उपाय सरकारले ल्याएको भए आयात खोल्ने कुरा सकारात्मक भएको नेपाल बताउँछन्। 

‘सरकारले देशको वास्तविक अवस्था बुझेर देशलाई भोलिका दिनमा कसरी प्रगतिको दिशातिर लैजाने भन्ने योजना बनाएर आयात खोलेको भए सकारात्मक भन्न सकिन्थ्यो। अहिलेको सरकार नै दीर्घकालीन छैन। नयाँ सरकार कसको, कस्तो बन्ने भन्ने अन्योलबीच यस्तो निर्णय गर्नुले देशलाई अझ संकटतिर धकेल्ने निश्चित देखिन्छ,’ नेपाल भन्छन्। 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ। बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब... बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैया... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्