• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आयात प्रतिबन्ध हटाउने सरकारको निर्णय: अर्थविद् भन्छन्- रहस्यमय छ

64x64
सुमित्रा कार्की बिहीबार, मंसिर २२, २०७९  १९:०१
1140x725

काठमाडौं– सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागू हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो। 

सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध लगाएको थियो। मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुन्छ।

सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख  १३ गतेदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो।

सरकारले प्रतिबन्ध थप परिस्कृत गर्दै ६ प्रकारका वस्तुको प्रतिबन्ध हटाएर ५० हजार डलरभन्दा माथिका गाडी, ३ सय डलरभन्दा महँगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याएको थियो। सरकारको पछिल्लो निर्णयपछि अब पुस १ गतेदेखि यी वस्तुहरु आयात गर्न पाइने भएको छ।

सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो। गत आर्थिक वर्षदेखि देखिएको देशको अर्थतन्त्रको समस्या समाधान गर्न भन्दै केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। 

सरकारले बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या, घट्दो देशको ढुकुटी बचाउन र उत्पादन क्षेत्रमा लगानी जान कम गर्नको लागि महँगो वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय सरकारले देशको ढुकुटीमा केही सुधार, बढ्दो रेमिट्यान्स लगायत अर्थतन्त्रका केही सूचक सुधारात्मक बाटोमा भएको कारण आयात प्रतिबन्ध खोल्ने निर्णय गरेको जनाएको छ। 

अर्थतन्त्रमा देखिएको समस्या यथावत् रहँदारहँदै नयाँ सरकार बन्ने समयमा आयात प्रतिबन्ध खुल्नु रहस्यमय भएको एक अर्थविद् बताउँछन्। ‘सरकारले आयात प्रतिबन्ध खोल्नुपर्ने आवश्यकता थियो। तर आयात कम गर्ने अर्को उपाय नसोची नयाँ सरकार बन्ने बेलामा आयात खोल्नु रहस्यमय हो। यसमा सरकार तथा व्यापारीको केही स्वार्थ हुन सक्छ,’ ती अर्थविद्ले भने, ‘यसअघि पनि चुनावको बेला सरकारले केही यस्तै विवादित वस्तुको आयात खोलेको थियो। तास, हिरा लगायतका वस्तु आयातमा प्रतिबन्ध हटाउनु त्यो बेलाको आवश्यकता थिएन। तर चुनाव खर्च उठाउनकै लागि यस्तो आयात खुला गरेको देखिन्छ।’

सरकारले आयात बन्देज गरिएका सवारी साधन, आइफोन र मदिरा विदेशी मुद्रा खर्च हुने वस्तु हुन्। तर अहिले पनि समस्याको समाधान नभइसकेको कारण यस्तो आयात प्रतिबन्ध खोल्दा मुद्रा सञ्चितिमा थप दबाब कायम रहने ती अर्थविद् बताउँछन्।

Ncell 2
Ncell 2

उनी भन्छन्, ‘लामो समयसम्म दबाबमा रहेको विदेशी मुद्रा सञ्चितिमा केही सुधार देखिएको छ। देशको अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक सुधार देखिएको छ। यस्ता सूचक वास्तवमै सुधारात्मक बाटोमा नभएर केही राम्रा सूचकलाई केही बिग्रिएका सूचकमा जोडेर अर्थतन्त्र हेर्न नहुने अवस्थामा छैन भन्न मात्र खोजिएको हो। अवस्था उस्तै छ।’

यता सरकारले भने लामो समय आयात रोक्दा पनि अर्थतन्त्रलाई थप समस्या परेको बताउँदै आयात प्रतिबन्ध खोलेको हो। मुलुकको अर्थतन्त्र आयातमा आधारित रहेकाले पनि बन्देज खुलाउन अति आवश्यक रहेको र आयात रोकेको कारण राजस्व संकलनमा गिरावट आएको सरकारी निकायतर्फको बुझाइ छ। 

प्रतिबन्ध हट्दा अर्थतन्त्रमा प्रभाव सकारात्मक कि नकारात्मक?
देशको आर्थिक अवस्थालाई हेर्दा अहिले नै आयात खोल्नु देशको ढुकुटी बचाउनको लागि सकारात्मक नभएको जानकारहरुको बुझाइ छ। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘अहिलेको अवस्था समस्यामा नै छ। देशमा दीर्घकालीन आम्दानीका स्रोतहरु केही छैनन्। विदेशमा रहेका नेपालीको पसिनालाई जोडेर देशको ढुकुटी केही सुधारात्मक बाटोमा गएको देखाइएको छ। समस्याको समाधान गर्नेतर्फ कसैले ध्यान दिएका छैनन्।’  

सरकारले देशको वर्तमान आर्थिक अवस्था बुझ्दै नबुझी,  समस्याको समाधान नै नखोजी आयात प्रतिबन्ध खोलेको उनको आरोप छ। ‘करदाताले चारैतिरबाट घेरेपछि सरकारले बाध्य भएर आयात प्रतिबन्ध खोल्ने निर्णय गरेको छ। यो ठिक छ कि छैन भनेर हेर्न यसलाई गरेको मूल्यांकन अहिलेसम्म बाहिर आएको छैन। असोज मसान्तसम्म राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले केही ब्यापार घाटा कम भयो भनेको छ। केही मात्रामा आयात घट्यो भनेको छ। तर त्यो भन्दा पनि ठूलो मात्रामा निर्यात पनि घटेको छ।’

देशमा  हुने आम्दानी पनि घट्नु र आयात पनि घट्नुले देशमा भएको आर्थिक समस्या अझै पनि उस्तै रहेको उनको बुझाइ छ। 

आर्थिक समस्याको समाधानतर्फ कसैको ध्यान नजानु र एकतर्फी ब्यापारीको दबाबलाई लिएर मात्र आयात प्रतिबन्ध फुकुवा गर्न नहुने उनी बताउँछन्।

‘देशको आम्दानी पनि घटेको छ। दीर्घकालीन रुपमा आम्दानी कसरी बढाउने भन्नेतर्फ सरकारले ध्यान दिएको छैन। आर्थिक अवस्थालाई सुधार गर्ने, आयात खोल्दा देशको ढुकुटीमा संकट नआउने अर्को उपाय नखोजी सरकारले आयात प्रतिबन्ध खोल्नु हुन्नथ्योउ। अब विभिन्न गाडी तथा मोबाइल कम्पनी जसले अहिले आयात गर्न पाएका छैनन्, यस्ता कम्पनीले एकै पटक धेरै आयात गर्ने सम्भावना छ,’ उनी भन्छन्।  

आयातमा लामो समयसम्म बन्देज लगाउदा विश्वले हामीलाई हेर्ने दृष्टिकोणमा नकारात्मक असर पर्ने हुँदा आयात खोल्नुपर्ने सरकारको बाध्यता भए तापनि त्यसको विकल्प खोजेर मात्र प्रतिबन्ध हटाएको भए समस्याको समाधान गर्न सजिलो हुने क्षेत्री बताउँछन्। 

पूर्व गभर्नर क्षेत्री उदारण दिँदै भन्छन्, ‘केही समय अगाडि एउटा स्टिल कम्पनीले १ वर्षको लागि चाहिने कच्चा पदार्थ एकै पटक आयात गरेको थियो। त्यसले सरकारको राजस्वदेखि लिएर देशमा भएको मुद्रा सञ्चितिमा पनि नकारात्मक असर परेको हामीले देखेका छौं। यसरी वस्तु खरिद भयो भने अहिलेभन्दा पनि भयावह समस्या आउने देखिन्छ।’

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरन्जीवी नेपाल भन्छन्, ‘सरकारले अहिले तीन महिनामा भएको आयातलाई आधार मानेर हेर्दा देशमा भएको सञ्चितिले ८.३ महिनाको वस्तु आयात धान्न पुग्ने भनेको छ। यो भनेको अहिले आयात कन्ट्रोल गरेको समय हो। आयात कन्ट्रोल नभएको समयको वस्तु तथा आयातलाई मध्यनजर गरेर यो तथ्यांक सार्वजनिक गर्ने हो भने हामीसँग ८.३ महिनाको आयात धान्न सक्ने क्षमताको सञ्चिति रहँदैन।’

अहिले देशमा भएको सञ्चिति पनि सरकारले भनेको समयको आयातित वस्तु धान्न नसक्ने अवस्था रहेको नेपालको बुझाइ छ। यसले देशको अर्थतन्त्र सुधारको पाटोमा भन्दा पनि संकटको पाटोमै रहेको उनी बताउँछन्। यस्तो बेलामा आयात प्रतिबन्ध खोल्दा देश दुर्घटनामा नजाने उपाय सरकारले ल्याएको भए आयात खोल्ने कुरा सकारात्मक भएको नेपाल बताउँछन्। 

‘सरकारले देशको वास्तविक अवस्था बुझेर देशलाई भोलिका दिनमा कसरी प्रगतिको दिशातिर लैजाने भन्ने योजना बनाएर आयात खोलेको भए सकारात्मक भन्न सकिन्थ्यो। अहिलेको सरकार नै दीर्घकालीन छैन। नयाँ सरकार कसको, कस्तो बन्ने भन्ने अन्योलबीच यस्तो निर्णय गर्नुले देशलाई अझ संकटतिर धकेल्ने निश्चित देखिन्छ,’ नेपाल भन्छन्। 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
नेपाली रुपैयाँ निरन्तर कमजोर यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । मंगलबार, माघ १३, २०८२
नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकिङ पहुँच देशका सबै कुनाकापचासम्म... सोमबार, माघ १२, २०८२
भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल भन्सार ऐन आए पनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको बताएका हुन्। अन्तर्राष्... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
नेपाली रुपैयाँ निरन्तर कमजोर मंगलबार, माघ १३, २०८२
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम मंगलबार, माघ १३, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ १३, २०८२
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्