काठमाडौं– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा समूह चरण नै पार गर्न नसकेपछि बेल्जियम फुटबल टिमका कप्तान इडन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।
‘गोल्डेन जेनेरेशन’ रुपमा परिचित बेल्जियमको टोली हाजार्डकै कप्तानीमा कतार विश्वकपमा सहभागी भएको थियो। तर उसले समूह चरण नै पार गर्न सकेन।
रियल मड्रिडका ३१ वर्षीय फरवार्ड हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन्। उनले आफ्नो सन्यासबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्।
इन्स्टाग्राममा सन्यासबारे लेख्दै उनले भनेका छन्, ‘एक अध्याय अन्त्य गर्ने निर्णयमा पुगेको छु, तपाईंहरूको साथ र समर्थनप्रति आभारी रहनेछु। सन् २००८ देखि यो खुसीका लागि सबैलाई धन्यवाद दिन चाहन्छु। मैले आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियर अन्त्य गर्ने निर्णय पनि गरेको छु।’
हाजार्डले सन् २००८ बाट बेल्जियमको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उनले हालसम्म १२६ खेल खेल्दै ३३ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।