• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खुम्चिँदै दलित प्रतिनिधित्व, उम्मेदवार छान्ने बेलैमा पाखा पर्छन् दलित

64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर २२, २०७९  ०६:३४
1140x725

काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो दल बनेका छन्। यी बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय दलमा स्थान बनाएका छन्।

७ वटा राष्ट्रिय पार्टीबाट १६५ जना सांसद निर्वाचित हुँदा दलित समुदायबाट भने १ जना मात्र सांसदमा निर्वाचित भएका छन्। २०७४ को निर्वाचनमा दलितबाट ३ जना सांसद प्रत्यक्ष निर्वाचित भएका थिए। संविधान बमोजिम दलितलाई १३.८ प्रतिशत आरक्षण छुट्याइएको छ। दलहरुले अब समानुपातिकबाट त्यो कोटा परिपूर्ति गर्नेछन्। 

पदाधिकारीदेखि संसदीय निर्वाचनसम्म दलितको प्रतिनिधित्व कम
त्यसो त राजनीतिक दलहरुको उपल्लो कमिटीमा दलितको प्रतिनिधित्व ज्यादै न्यून  छ। जसको असर संसदीय निर्वाचनमा पनि देखिएको हो।   

नेपाली कांग्रेसमा १४ जना पदाधिकारी छन्। जसमा एक जना मात्र दलित छन्। १४औँ महाअधिवेशनबाट जीवन परियार सह–महामन्त्री निर्वाचित भएका छन्। परियारलाई नेपाली कांग्रेसले समानुपातिकको बन्द सूचीमा समेत राखेको छ। पार्टी पदाधिकारीमा दलित सहभागिता कम गराएको कांग्रेसले मंसिर ४ को निर्वाचनमा संसदीय राजनीतिमा एक जनालाई पनि अघि बढाउन चाहेन। 

नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा एक मात्र दलित पदाधिकारी हुन्। एमालेमा १५ जना पदाधिकारी छन्। एमालेले भने सचिव विश्वकर्मालाई रुपन्देही- १ बाट संसदीय निर्वाचनमा उम्मेदवार बनायो। उनी निर्वाचित पनि भए। उनले स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पराजित गरेका थिए।

त्यस्तै, नेकपा माओवादी केन्द्रले महेश्वर गहतराजलाई बाँके- १ बाट उम्मेदवार बनाएको थियो। गहतराज माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन्। तर उनी पराजित भए।

यता गठबन्धनलाई चुनौती दिँदै काठमाडौं- १० बाट अञ्जना विशंखेले उम्मेदवारी दिएकी थिइन्। पार्टीले पनि अन्तिम समयमा आएर गठबन्धन भित्र मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेपछि पार्टीकी आधिकारीक उम्मेदवार बनेकी विशंखेले पनि जित हासिल गर्न सकिनन्। उनी माओवादीकी केन्द्रीय सदस्य हुन्। २१ सदस्य पदाधिकारी रहेको माओवादी केन्द्रमा १ जना पनि दलित समेटिएका छैनन्। 

२०४८ सालदेखि संसदमा दलित प्रतिनिधित्व
बहुदल स्थापना भएपछि २०४८ मा भएको आम निर्वाचनमा नेपाली कांग्रेसबाट कृष्णसिंह परियार सांसद निर्वाचित भएका थिए। परियार प्रत्यक्ष निर्वाचित हुने पहिलो दलित सांसद हुन्। २०५१ र २०५६ मा भने कुनै पनि दलित समुदायबाट निर्वाचित भएनन्।

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, २०६३ मा गठन भएको अन्तरिम व्यवस्थापिकामा कांग्रेसबाट १, एमालेबाट ३, माओवादीबाट १२ र जनमोर्चाबाट २ गरी जम्मा १८ जना सांसद थिए। 

२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा ७ जना दलित प्रत्यक्ष निर्वाचित सांसद भएका थिए। ७ जना तत्कालीन नेकपा माओवादीका उम्मेदवार थिए। खड्कबहादुर विश्वकर्मा, तिलक परियार, महेन्द्र पासवान, तेजबहादुर मिजार, गोपीबहादुर अछामी, सीतादेवी बौडेल र दुर्गा विक प्रत्यक्ष निर्वाचित भएका थिए। 

संविधान सभामा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट कुल ५० सांसद निर्वाचित भएका थिए। नेकपा माओवादीबाट २३, कांग्रेसबाट ९, एमालेबाट ११, मधेसी जनअधिकार फोरमबाट २, तराई मधेश लोकतान्त्रिक पार्टीबाट १, राप्रपाबाट १, जनमोर्चाबाट १ र नेमकिपाबाट १ जना रहेका थिए। 

२०७० मा भएको दोस्रो संविधान सभामा दलित सांसदको प्रतिनिधित्व ४१ जनामा खुम्चियो। उक्त निर्वाचनमा एमालेबाट १२, कांग्रेसबाट १२, नेकपा माओवादीबाट ८, राप्रपा नेपालबाट ३, राप्रपाबाट १ र मधेसी जनअधिकार फोरमबाट १ जना सांसद निर्वाचित भएका थिए। 

संविधान जारी भएपछि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फबाट कुल १९ दलित सांसद निर्वाचित भएका थिए। तीमध्ये प्रत्यक्षबाट ३ र बाँकी १६ जना समानुपातिकबाट थिए।

उक्त निर्वाचनमा एमालेबाट छविलाल विश्वकर्मा र जगत विश्वकर्मा निर्वाचित भएका थिए। माओवादीबाट महेश्वर गहतराज निर्वाचित भएका थिए। यो निर्वाचनमा निवर्तमान सांसद जगत विश्वकर्मालाई पार्टीले टिकट नै दिएन। २०७४ को संसद्मा एमालेबाट ८, कांग्रेसबाट ६, माओवादीबाट ३, संघीय समाजवादीबाट १ र राजपाबाट १ जना दलित सांसद रहेका थिए। 

आसन्न संसद्मा दलित सांसदको पूर्ण उपस्थिति कति हुन्छ भन्ने समानुपातिकबाट निर्वाचित हुने सांसदको अन्तिम नामावालीबाट मात्र थाहा आउँछ। 

निर्वाचन प्रणाली र पार्टीको दृष्टिकोण नै दलितका लागि प्रतिगमनकारी छ– जेवी विश्वकर्मा, अधिकारकर्मी 
दलितको प्रतिनिधित्व खुम्चिँदै जानुमा उम्मेदवारी चयन गर्दा नै दलहरुले दलितलाई उपेक्षा गर्नु प्रमुख कारण रहेको अधिकारकर्मी जेवी विश्वकर्मा बताउँछन्। नेपाल लाइभसँग कुरा गर्दै विश्वकर्मा भन्छन्, ‘दलहरूमा दलितप्रतिको दृष्टिकोण नै ठिक छैन।’

दलित समुदायलाई कसरी राजनीतिक नेतृत्वमा पुर्याउनुपर्छ भन्ने विचार नै निर्माण नभएको विश्वकर्माको ठहर छ। ‘नीति निर्माण तहमा दलितलाई पुर्याउनुपर्छ भन्ने भएको भए त्यही अनुसार उम्मेदवारहरु तय गर्थे होलान्’, उनले भने। 

यस्तै, दलितहरु इतिहासदेखि नै उत्पीडिनमा परेको हुनाले दलहरुमा केही नीतिगत कुरा आए पनि व्यवहारमा लागू हुन नसकेको विश्वकर्मा बताउँछन्। उनका अनुसार माओवादीले आफ्नो विधानमा समानुपातिकमा २ प्रतिशत बढाउने र विशेषाधिकार भनेर राखेको र दलितको मुद्दा छोडिहाल्न मिल्दैन संकेत गरेको देखिन्छ। तर प्रतिवद्धता र कार्यान्वयनको पक्षमा भने कमजोर छ। उनी भन्छन्, ‘संविधानले समानुपातिक र पार्टीहरुले सैद्धान्तिक र नीतिगत रुपमा स्वीकारे गरे पनि व्यवहारमा लागू गर्न सकेको अवस्था छैन। कार्यान्वयनको पाटोमा जवाफदेहिता र जिम्मेवारीबोध गरेको देखिँदैन।’ 

दलहरुले नै दलितले जित्दैनन् भन्ने भाष्य स्थापित गरेको विश्वकर्माको भनाइ छ। ‘पार्टीमा नै विभेदकारी मनोविज्ञान छ। सबै खालको संघर्षमा नेतृत्व गर्न दलित समुदाय तयार हुने। सबै खालको आन्दोलनको नेतृत्व गर्दा सक्षम हुने। निर्वाचन चाहिँ जित्दैनन् भन्ने विभेदकारी मनोविज्ञान बनाउँने?,’ विश्वकर्मा भन्छन्, ‘यो दलहरु भित्रको मूल समस्या हो।’

दलहरू भित्रको अन्तरिक र संसदीय राजनीतिमा पैसाको चलखेल बढेकोले पनि आर्थिक र स्रोत साधनको पहुँचमा नभएका दलितले अवसर नपाएको विश्वकर्माको टिप्पणी छ। ‘निर्वाचन निकै खर्चिलो हुँदैछ। सांसद बन्नका लागि उम्मेदवारले करोडौँ खर्च गरेको देखिन थाल्यो। करोडौँ खर्च गरेर निर्वाचन जान नसक्ने त्रास छ। कमजोर आर्थिक अवस्थाका कारण पनि दलितहरु उम्मेदवार बन्न नसकेको देखिएको हो’, विश्वकर्मा भन्छन्।

दलितमाथि राजनीतिक हिंसा भएको छ– दुर्गा सोव, राजनीतिज्ञ
राज्यले दलितमाथि गर्ने विभेद यथावत् नै छ भन्ने प्रष्ट देखाएको जसपा नेतृ तथा अधिकारकर्मी दुर्गा सोव बताउँछिन्। नेपाल लाइभसँग उनी भन्छिन्, ‘हामीले विभेद भनेको छुवाछुत मात्र बुझ्दै गयौँ। विभेदका स्वरुपहरु विस्तारै बदलिँदै गए।’ लोकतान्त्रिक–गणतन्त्र स्थापनाका लागि दलितले पनि रगत बगाएको सोव बताउँछिन्। दलितको त्याग, तपस्या र बलिदानको बलमा यो व्यवस्था आएको उनको ठहर छ।  

पछिल्लो समय विस्तारै दलहरुले आफैँ दलितको प्रतिनिधित्व कमजोर बनाउँदै लगेको सोवको आरोप छ। ‘विचार र व्यवहारमा राजनीतिक दलले नै प्रत्यक्ष विभेद गरेका छन्। दलितको योगदानको कुनै मूल्यांकन छैन। अहिलेको उपलब्धि एक जाति र समुदायको योगदानले मात्र प्राप्त भएको हो र? यो राज्य दलितको होइन? यो व्यवस्था दलितका लागि होइन?,’ सोवको प्रश्न छ। 

दलितलाई हेर्ने दृष्टिकोण यथावत रहे आगामी दिनमा परिणाम भयावह हुने उनको अनुमान छ। यो खालको विभेद र उत्पीडनले गर्दा विभेदका स्वरुप झन्झन् बढेको सोव बताउँछिन्।

‘दलितको हकमा राजनीतिक हिंसा र छुवाछुत दुवै भएको छ। जसले गर्दा लामो समय राजनीतिमा लागेका दलितलाई पनि पछुताउनु पर्ने र अविश्वास गर्नुपर्ने वातावरण सिर्जना भएको छ,’ सोव भन्छिन्।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ०६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । त्रिशूली नदी बेसिनमा सञ्चालित प्राधिकरण, सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्... बुधबार, भदौ १०, २०८३
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा क... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना सामान्य खोकीबाट सुरु भएको समस्या गम्भीर बन्दै गएपछि तीनवटा अस्पताल पुगेका ७ वर्षीय बालकको फोक्सोमा देखिएको समस्या अन्ततः श्वासनलीमा... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्