काठमाडौं– आईसीसी विश्वकप लिग– २ को त्रिदेशीय सिरिज अहिले नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ। यसैबीच, पहिलो पारी सकिएको छ।
युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयोजक नामिबियाले ५० ओभरमा विकेट गुमाएर २७५ बनाएको छ।
नामिबियाका लागि मिचेल भान लिन्गेनले ११९ रनको शतकीय पारी खेले।
यस्तै, कप्तान ग्रहार्ड इरास्मसले ५३ रनसहित अर्धशतक बनाए।
नेपालका लागि ललित राजबंशीले ४ तथा सोमपाल कामीले २ विकेट लिए भने सागर ढकालले १ विकेट हात पारे।
यस सिरिजमा नेपालसँगै नामिबिया र स्कटल्याण्डको सहभागिता रहेको छ।
अहिले नेपाल नामिबियाले दिएको १७६ रनको विशाल लक्ष्य पछ्याइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।