काठमाडौं– प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा अहिले पोर्चुगल र स्विट्जरल्याण्ड खेलिरहेका छन्।
यसैबीच, पोर्चुगलले ४ गोलको अग्रता लिएको छ। गोन्कालो रामोसले ह्याट्रिक गरेका छन्। १७ मिनेटमा नै पोर्चुगललाई
अग्रता दिलाए उनले ५१ र ६७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आज सुरुवाती ११ मा परेका छैनन्। उनको ठाउँमा रामोसले खेलेका हुन्।
जारी विश्वकपमा ह्याट्रिक गर्ने उनी एक्लो खेलाडी हुन्। अहिले पोर्चुगलले ५–१ को अग्रता लिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।