काठमाडौं– प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा अहिले पोर्चुगल र स्विट्जरल्याण्ड खेलिरहेका छन्।
यसैबीच, पोर्चुगलले ४ गोलको अग्रता लिएको छ। गोन्कालो रामोसले १७ मिनेटमा नै पोर्चुगललाई अग्रता दिलाएका थिए। ३३ औँ मिनेटमा पेपेले गोल थपे। यससँगै पहिलो हाममा पोर्चुगलले २ गोलको अग्रता लिएको थियो।
त्यसपछि पुनः रामोसको ५१ औँ मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता तेब्बर पारे। फेरि ५५ मिनेटमा राफायल गुइरेरोले ४ गोलको अग्रता दिलाएका हुन्।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आज सुरुवाती ११ मा परेका छैनन्। उनको ठाउँमा रामोसले खेलेका हुन्।
यसैबीच, स्विट्जरल्याण्डले सान्त्वना गोल फर्काएको छ। आकान्जीले ५८ मिनेटमा गोल गर्दै पोर्चुगलसँगको अग्रता घटाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।