काठमाडौं– पाेर्चुगलले आफ्नाे स्टार स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाेलाई प्लेइङ सेटबाट बाहिर राखेर टाेली घाेषणा गरेकाे छ।
स्विट्जरल्याण्डविरुद्ध मंगलबार हुन लागेकाे प्रिक्वाटर फाइनलमा प्रशिक्षक फेर्नान्डाे सान्ताेषले उनलाई बाहिर राखेर टिम घाेषणा गरेका छन्।
राेनाल्डाेले समूह चरणमा दक्षिण काेरियासँग २–१ गाेलले पराजित खेलमा बीचमा आफूलाई निकाल्ने प्रशिक्षककाे निर्णयप्रति असन्तुष्टी जनाएका थिए। त्यसैले उनलाई मंगलबारकाे खेलमा सुरुमा बाहिर राखेकाे हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
उनलाई काेरियाविरुद्ध अन्तिम २५ मिनेटमा बाहिर निकालिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।