काठमाडौं– पूर्वविश्व च्याम्पियन स्पेनलाई कतारमा जारी विश्वकपकाे प्रिक्वाटर फाइनलमा उत्तर अफ्रिकी राष्ट्र माेरक्काेले निर्धारित समयकाे खेलमा गाेलरहित बराबरीमा राेकेकाे छ।
मंगलबार राती भएकाे खेलमा दुवै तर्फबाट कुनै गाेल हुन सकेन। मिडफिल्डमा स्टार खेलाडीले भरिएकाे स्पेनलाई माेरक्काेका डिफेन्डरहरुले राेकेर राखे।
प्रशिक्षक लुइस एनरिकेले ६३ मिनेटमा गाभी र अल्भाराे माेराटालाई प्रतिस्थापन गर्दै कार्लाेस साेरेल र मार्काे असेन्सियाेलाई मैदानमा प्रवेश गराए पनि उनीहरु गाेल निकाल्न सकेनन्।
माेरक्काेका गाेलरक्षक यासिन बाउनाे खेलकाे नायक रहे। उनले स्पेनकाे थुप्रै अवसरलाई राेकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।