दोहा–सोमबार जापान र क्रोएसियाविरुद्धको खेलमा आफ्नो देशका खेलाडीको हौसलाका लागि पूर्वमिसक्रोएसिया इभाना नोल अल जनुब रंगशाला पुगिन्। ३० वर्षीया मोडल इभाना नोल क्रोएसियाको झण्डा प्रतिक ड्रेस र मिनीस्कर्टमा सजिएकी थिइन्।
आकर्षक ड्रेसअप र स्माइली फेसमा रंगशालामा चढेकी उनी दर्शकको नजरमा परिन्। आकर्षक रुप र ड्रेसले नोलले दर्शकको ध्यान आफूतिर तानिन्।
रातो लिपिस्टिकमा निकै बोल्ड देखिएकी नोलले कालो कपाललाई काँधाको दायाँ–बाँया पारिन् र रंगशालामा फोटो सुट गरिन्।
खेल सकिएपछि अल अनबु रंगशाला बाहिर आफ्नो देश, खेल र त्यसको समर्थनको बारेमा टेलिभिजनलाई छोटो अन्तर्वार्ता दिइन्। रंगशालाभित्रकै जस्तो त्यतिबेला पनि उनी भीडबाट घेरिरहिन्।

रंगशालामा लिइएका ग्ल्यामर तस्बिरहरु उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरिन्। नोलको इन्स्टा १.३ मिलियन फलोअर्स छन्।
बोल्ड बनेर दर्शकदिर्घामा पुगेकी नोललाई अहिले कतार विश्वकपको सबैभन्दा ‘सेक्सी प्रशंसक’को रुपमा तुलना गरिएको छ। ग्ल्यामर ड्रेसमा हिँड्न कतारको कानुनले कडाइ गरेको छ। यसअघि महिला हिंसाको विरोध गर्दै कतारको कानुन तोड्दै भित्री वस्त्र लगाएर हिँडिएको थियो।

‘सुरुम एकदमै रिसाएको थिएँ। हामी मुस्लिम नभए पनि मुस्लिम आस्थालाई सम्मान गर्छौं। मलाई लाग्छ उनीहरुले पनि हाम्रो जीवनशैली र धर्मको पनि सम्मान गर्नुपर्छ। मलाई बिकिनी नै लगाउनु किन नपरोस् त्यसको सम्मान हुनुपर्छ’ नोलले भनिन्, ‘तर, जब म यहाँ आइपुगेँ मैले त्यस्तो पाइनँ। मलाई यो ड्रेस लगाउन कुनै समस्या भएन।’
रुसमा भएको सन् २०१८ को विश्वकपमा पनि नोल आफ्नो ड्रेसअपका कारण निकै चर्चामा आएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।