दोहा– अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीका छोराको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
मेसीका छोरा मेटेओ मेसी रोकुज्जोले अर्जेन्टिना र अष्ट्रेलियाको खेल हेरिरहेका बेला रंगशालाको भीडमा आफूले खाँदै गरेको ललिपप फालेका हुन्।
मेसीकी श्रीमती एन्टोनेलाले आफ्ना छोरालाई रोक्न खोजे पनि उनी असफल भएको भिडियोमा देखिन्छ। मेसीको परिवार खेल अष्ट्रेलियाविरुद्धको खेल हेर्न रंगशाला पुगेको थियो।
जुन खेल मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना २–१ को जित निकाल्दै नक आउट चरणमा प्रवेश गरेको छ।
मेटेओ मेसीको तीन छोरामध्ये माइलो हुन्। ७ वर्षीय मेटेओलाई आमाले सम्झाउन तथा रोक्न खोज्दा पनि उनी असफल हुन्छिन्।
ललिपप फालेपछि एन्टोनेलाले उनलाई शान्त भएर बस्न भन्दै सम्झाउँछिन्। यो सम्पूर्ण दृश्य दर्शकहरुले मोबाइलमा कैद गरेका थिए। जुन अहिले भाइरल भइहरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।