• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महिला स्वास्थ्य स्वयंसेविकाको अनुभव : समाजको शत्रुदेखि चिकित्सकसम्म

64x64
रासस मंगलबार, मंसिर २०, २०७९  १०:१५
1140x725

कैलाली– कैलालीको टीकापुर नगरपालिका–१ की दिव्यश्वरी शाहीले विसं २०४६ देखि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिन्। तत्कालीन समयमा स्वास्थ्यको सहज पहुँच थिएन। नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो। स्वयंसेविकालाई गाउँमा जाँदा शत्रुको जस्तो व्यवहार स्थानीयबाट पाएको अनुभव उनलाई छ।

‘३२ वर्ष मेरो समुदायका नागरिक विशेषगरी महिलासँग बित्यो। कतिले गाली गरे। कतिपयले घर भाँड्न आएकी भनेर आरोप लगाए’, उनले भनिन्, ‘कहिले घाम कहिले पानी गर्दै तीन दशक बितेको थाहै भएन। यो तीन दशकमा कति राम्रा कति नराम्रा काम भए होलान्। म मैले गरेको कर्मबाट निकै सन्तुष्ट छु।’

चन्द्रावती शर्माले पनि २७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिन्। विसं २०५२ देखि महिला स्वस्थ्य स्वयंसेविकाका रूपमा समुदायका प्रत्येक घर–घरमा पुगेकी उनी कुष्ठरोग निवारणका लागि समुदायमा सञ्चालन भएको अभियानका क्रममा समुदायबाट लखेटिएको स्मरण गर्छिन्। 

हुन त त्यसबेला अभियान सञ्चालन हुँदा कुष्ठरोगको नामबाट अभियान सञ्चालन गरिएको थिएन। सुदूरपश्चिममा तत्कालीन समयमा कुष्ठरोगलाई गलत तरिकाले व्याख्या गर्ने गरिन्थ्यो। ‘कुष्ठरोग निवारणका लागि अभियान चलाउँदा स्थानीयले हामीलाई लखेटेको मलाई अहिलेजस्तै लाग्छ’, उनले भनिन्, ‘कैयौं त्यस्ता दिन थिए जहाँ समाजले हाम्रोबारेमा राम्रोभन्दा नराम्रो व्याख्या गर्ने गरेका थिए्।’

आज आफूले गएको कामबाट उनी गर्व गर्छिन्। आज सानो समस्या पर्दा उनलाई खोज्दै आउने धेरै छन्। ‘कुनै महिलालाई समस्या हुँदा कैयौंपटक सल्लाह लिन आउनुहुन्छ। स्वास्थ्यका गतिविधि सञ्चालन हुँदा समुदायका नागरिकलाई सूचना पुर्‍याउने माध्यम महिला स्वस्थ्य स्वयंसेविका हुनुभएको छ’, उनी भन्छिन्, ‘हिजो यो कार्यमा लागेको सम्झिँदामात्रै पनि  निकै पीडा हुन्थ्यो, आज गर्व लाग्छ।’

नगरपालिकाको वडा नं ६ की सरस्वती चौधरी दुई दशकदेखि महिला स्वस्थ्य स्वयंसेविकाको भूमिकामा छिन्। गाउँमा कोही बिरामी हुँदा उपचारका लागि स्थानीय घरमा पुग्ने गरेको अनुभव उनीसँग छ। ‘सामान्य रुघाखोकी, झाडापखालाजस्ता समस्या हुँदा पहिला–पहिला स्थानीय मसँग उपचार र औषधिका लागि आउनुहुन्थ्यो। उहाँहरूलाई उपचारको पहुँचमा लिएर समस्या समाधान गरिन्थ्यो’, उनी भन्छिन्, ‘अझै पनि हामीले आफ्नो जिम्मेवारी बिर्सेका छैनौं। गर्भवती महिला, बालबालिकाको भरणपोषण, खोपलगायतका महत्वपूर्ण कुरामा हामीले निगरानी गर्दै आएका छौं।’

महिला स्वास्थ्य स्वयंसेविका बबी रावललाई पुरानो अनुभव छैन। विसं २०७४ देखि महिला स्वस्थ्य स्वयंसेविकाका रूपमा काम गर्दै आएकी रावलले पुराना महिला स्वस्थ्य स्वयंसेवकको जस्तो अनुभव लिन पाएकी छैनन्। त्यो बेलासम्म नागरिक सचेत भइसकेका थिए। बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मानसिकताको विकास भइसकेको थियो। 

‘स्वास्थ्य संस्थाबाट प्रवाह हुने सूचनाका बारेमा बुझ्न महिला घरमै पुग्ने गर्नुहुन्छ। त्यस्तो कुनै सूचना प्रवाह गर्नुपर्ने भए हाम्रो सक्रियता बढ्छ’, उनले भनिन्, ‘समुदायमा स्वयंसेवकको भूमिका अझै महत्वपूर्ण छ तर जुन भूमिका हिजो थियो त्यति गाह्रो भने छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

अहिले पहिलेको जस्तो अवस्था भने छैन। स्थानीय सरकारले पनि महिला स्वास्थ्य स्वयंसेविकालाई सहयोग गर्दै पनि आइरहेको छ। टीकापुर नगरपालिकाले ६० वर्ष पूरा भएका महिला स्वस्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ।

यसवर्ष पनि दिव्यश्वरी र चन्द्रावती दुवैलाई जनही ८० हजार नगद र सम्मानपत्रसहित बिदाइ गरेको छ।  नगरपालिकाले ६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई ८० हजार नगद र सम्मानसहित बिदाइ गर्ने गरी कार्यविधि नै बनाएको नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारूले बताए। 

उनले स्वास्थ्य क्षेत्रको सफलतामा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताए। ‘समाजको निर्णायक भूमिकामा महिला स्वास्थ्य स्वयंसेविका छन्। उहाँहरूको कामको जति प्रशंसा गरे पनि कम हुन्छ’, उनले भने, ‘कुनै सेवा सुविधाबिना पनि समाजका लागि गरेको योगदानलाई स्थानीय सरकारले थोरै भए पनि सहयोग गरेको र आगामी दिनमा त्यसलाई अझै बढाएर लैजाने छ।’

नगरपालिकाले यसभन्दा पहिला नगरपालिकाभित्रका एक सय २० महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सहयोग गरेको थियो भने अहिले महिनामा एक सयको रिचार्ज कार्ड र मासिक पाँच सय उपलब्ध गराउँदै आएको छ। 

Xtrem

Xtrem

साथै सङ्घीय सरकारले एक हजार उपलब्ध गराउँदै आएको छ। उनीहरुले वार्षिक १० हजार पोशाक भत्ता पाउने गरेको नगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् । बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस... बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई पठाएको निर्णयमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने व्यवस... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल सञ्चालनमा बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्