काठमाडौं– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप अन्तर्गत मंगलबार प्रि–क्वार्टरफाइनल चरणका दुई खेल हुँदैछन्।
आज राति ८:४५ बजे पहिलो खेल मोरक्को र स्पेनबीच हुनेछ। समूह एफबाट विजेता बनेको मोरक्को र समूह ई को उपविजेता बनेको स्पेनबीचको खेल एजुकेशन सिटी स्टेडियममा हुनेछ।
यस्तै अर्को खेल मध्य राति १२:४५ बजे पोर्चुगल र स्विट्जरल्याण्डबीच लुसेस स्टेडियममा हुनेछ। समूह चरणअन्तर्गत
यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र प्रि–क्वार्टरफाइनल चरण पूरा हुनेछ। पोर्चुगल समूह एचबाट विजेता बन्दै अन्तिम १६ मा परेको थियो भने स्विट्जरल्याण्ड समूह जी को उपविजेता बन्दै अन्तिम १६ मा आएको थियो।
आजको दुवै खेलमा विजेता हुने दुई टोलीले क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।