काठमाडौं– मंगलबार बिहान भएको प्रि–क्वाटरफाइनल खेलमा दक्षिण कोरियामाथि शानदार जित निकाल्दै ब्राजिल कतारमा जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
कतारको स्टेडियम ९७४ मा राति १२:४५ बजेदेखि सुरु भएको खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोल अन्तरले पराजित गरेको छ। पाँच पल्टको विश्वविजेता ब्राजिलले खेलको पहिलो हाफमै ४ गोल गरेर अग्रता लिएको थियो।
दक्षिण कोरियाले दोस्रो हाफमा एक गोल फर्काए पनि अन्य गोल थप्न भने सकेन। यस्तै सोमबार राति भएको पहिलो खेलमा जापानमाथि जित निकाल्दै क्रोएसिया क्वाटर फाइनलमा पुगेको छ। अब आगामी आइतबार क्वाटर फाइनल खेलमा ब्राजिल र क्रोएसियाबीच हुनेछ।
क्रोएसियाले जापानलाई पेनाल्टी शुटआउटमा हराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।