साउ पाउलो– कतारमा जारी विश्वकप फुटबलमा आफ्नो देशको खेल हेर्न दुई दिन हराएका ब्राजिलका पूर्वस्टार आड्रियानोको यही घटनाका कारण पारपाचुके भएको छ।
आड्रियानोले २४ दिनअघि मिकाएला मेस्क्युटासँग विवाह गरेका थिए। आड्रियानो महिलाको मामिलामा पहिलेदेखि कमजोर रहेको स्थानीय पत्रपत्रिकाले बताएका थिए।
उनले सन् २०१५ मा फ्रेञ्च क्लब हाभ्रेमा आफ्नो अनुबन्ध समझौंता असफल भएपछि १८ जना ‘कलगर्ल’ सँग रात बिताउन १३ हजार स्टर्लिङ पाउण्ड खर्चेको बताइएको छ।
आड्रियानो स्विट्जरल्याण्डविरूद्ध ब्राजिलको खेल साथीहरूसँग बसेर हेर्न रियो दि जेनेरिया जिल्लामा पर्ने भिला क्रुजेइरो पुगेका थिए। इन्टर मिलानका यी पूर्व स्ट्राइकरले पनि आफू दुई दिन साथीहरूसँग बसेर फुटबल हेर्न निस्किएको बताएका थिए।
यही कुरालाई लिएर आड्रियानोको आफ्नो श्रीमतीसँग झगडा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।