काठमाडौं– दक्षिण काेरियालाई ४–१ गाेलले पराजित गरेकाे पाँच पल्टकाे विश्व च्याम्पियन ब्राजिलले आफ्नाे महान खेलाडी पेलेलाई मैदानमा याद गरेकाे छ।
साेमबार राती खेल समाप्त भएपछि ब्राजिलका खेलाडीहरुले पेले लेखेकाे ब्यानर मैदानमा प्रदर्शन गरेका थिए।
उनीहरुले आफ्नाे देशकाे महान खेलाडीलाई सम्मान दिने क्रममा स्वास्थ्य लाभकाे पनि कामना गरे। पेले हाल क्यान्सर राेगबाट पिडित छन्। उनलाई दिएकाे किमाेथेरापीले काम नगरेकाे भन्दै अस्पतालबाट घर पठाइएकाे छ।
उनकाे शरीर रुग्न भइसकेकाे र जतिबेला पनि दु:खद खबर आउनसक्ने स्थानीय मिडियाले बताइसकेका छन्।
पेलेकै प्रभावमा ब्राजिलले लगातार तीन पल्ट विश्वकपकाे उपाधि जितेर जुलेस रिमे कप पच पारेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।