काठमाडौं– कतारमा जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेकाे एसियाली समूहका तीन वटै राष्ट्र प्रिक्वाटर फाइनलबाट बाहिरिएका छन्।
सुरु दिन अर्जेन्टिनासँग २–१ गाेलले अष्ट्रेलिया, साेमबार क्राेएसियासँग पेनाल्टी सुटआउटमा जापान ३–१ गाेल र त्यसपछि दक्षिण काेरिया ४–१ गाेलले ब्राजिलसँग पराजित भएकाे छ।
काेरियालाई पाँच पल्टकाे च्याम्पियन ब्राजिलले निमठाे पराजय गर्याे। समूह चरणकाे खेलमा पाेर्चुगललाई पराजित गरेर सनसनी मच्चाएकाे काेरिया प्रिक्वाटर फाइनलमा ब्राजिली अग्रपंक्तिकाे अगाडि एकछिन पनि टिकेन।
पहिलाे हाफमै उसले ४ गाेल खायाे। ब्राजिलका लागि ७ मिनेटमै भिनिसियस जुनियरले काेरियाली डिफेन्स लाइनकाे गल्तीकाे फाइदा उठाउदै गाेल गरे। उनलाई गाेलका लागि डिबक्सभित्र नेइमारले पास मिलाइदिएका थिए।
चाेटका कारण विश्वकपकाे दुई खेल गुमाएका नेइमार याे खेलमा पुन: फर्किएका थिए। उनी मैदानभित्र निकै प्रभावशाली देखिए।
नेइमारले नै १३ मिनेटमा ब्राजिललाई पेनाल्टीबाट दाेस्राे गाेलकाे सफलता दिलाए। काेरियाली डिफेन्डरले डिबक्सभित्र रिकार्लिसनलाई लडाएकाे घाटा यहाँ बेेहाेर्नुपरेकाे थियाे। नेइमारले आफ्नाे ७६ औं अन्तर्राष्ट्रिय गाेल पुरा गर्ने क्रममा सहजै जाली चुमाएका थिए।
रिकार्लिसनले २९ मिनेटमा तेस्राे गाेल थपे। उनलाई गाेलका लागि थियागाे सिल्भाले बल मिलाइदिएका थिए। ३६ मिनेटमा लुकास पाकेताले चाैथाे गाेल गरे। उनले भिनिसियस जुनियरकाे पासमा गाेल गरेका थिए।
दाेस्राे हाफमा ब्राजिलले गाेलकाे थुप्रै अवसर प्राप्त गरेकाे थियाे तर त्यसलाई गाेलमा परिणत गर्न सकेन। ७६ मिनेटमा पाइक सुङ हाेले डिबक्स बाहिरबाट लामाे प्रहारमार्फत एक गाेल फर्काएका थिए। उनी ६५ मिनेटमा अतिरिक्त खेलाडीकाे रुपमा मैदान प्रवेश गरेका थिए।
ब्राजिलले अब क्वाटर फाइनल खेल जापानलाई हराएकाे क्राेएसियासँग खेल्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।