काठमाडौं– सन् २०१४ काे विश्वकपकाे नकआउट चरणमा जर्मनीबाट पहिलाे हाफमा भाेगेकाे ४ गाेलकाे पिडा ब्राजिलले कतारमा जारी विश्वकपमा दक्षिण काेरियाविरुद्ध पाेखेकाे छ।
साेमबार राती भएकाे प्रिक्वाटर फाइनल खेलकाे पहिलाे हाफमा भिनिसियस जुनियर, नेइमार, रिचार्लिसन र लुकास पाकेताकाे गाेलमा ब्राजिलले ४–० गाेलकाे अग्रता बनाएकाे थियाे।
ब्राजिलले विश्वकपकाे नकआउट चरणमा पहिलाे हाफमा प्रतिद्धन्द्धीविरुद्ध ४ गाेल गरेकाे याे दाेस्राे अवसर हाे। यसअघि मेक्सिकाेविरुद्ध १९५४ मा गरेकेा थियाे।
सन् २०१४ मा ब्राजिल सेमिफाइनलमा ७–१ गाेलले जर्मनीसँग पराजित भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।