काठमाडौं– नेइमारकाे प्रेरणादायी खेलमा दक्षिण काेरियालाई प्रिक्वाटर फाइनलकाे पहिलाे हाफमा ४ गाेल गर्दै पाँच पल्टकाे विश्व च्याम्पियन ब्राजिलले उत्कृष्ट पुनरागमन गरेकाे छ।
क्यामरुनसँग समूह चरणकाे खेलमा पराजित भएपछि ब्राजिलकाे खेलकाे आलाेचना भएकाे थियाे। कतारमा जारी विश्वकपकाे पहिलाे खेलमा चाेट बाेकेपछि नेइमार समूह चरणकाे दुई खेलमा अनुपस्थित भएका थिए।
तर प्रिक्वाटर फाइनलमा पुन: राष्ट्रिय टाेलीमा फर्किएका नेइमार मैदानमा प्रभावशाली देखिए। उनकाे प्रेरणाादायी प्रदर्शनमा काेरियाली डिफेन्डरहरुले ब्राजिलकाे प्रभावशाली मिडफिल्डरलाई राेक्ने कुनै अचुक उपायकाे खाेजी गर्न सकेनन्।
खेल सुरु भएकाे ७ मिनेटमै राफिन्हाेकाे पासमा भिन्सेन्टले पहिलाे गाेल गरे। दाेस्राे गाेल नेइमारले पेनाल्टीमार्फत १३ मिनेटमा गरेका थिए। काेरियाले डिफेन्डरले रिचार्लिसनलाई डिबक्सभित्र लडाएपछि ब्राजिलले पेनाल्टीकाे अवसर प्राप्त गरेकाे थियाे। जसमा नेइमारले गाेल गरे।
लगत्तै रिचार्लिसनले २९ मिनेटमा थियागाे सिल्भाकाे पासमा तेस्राे गाेल गरे। ३६ मिनेटमा लुकास पाक्युटाले अर्काे गाेल थपेपछि ब्राजिलले पहिलाे हाफमा ४–० काे अग्रता बनायाे। चाेथाे गाेलका लागि भिन्सेन्टले बल मिलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।